Comments Add Comment

मलेसियाली मानव संशाधनमन्त्रीलाई नेपाल भ्रमणको निम्तो


१८ साउन, काठमाडौं । नेपालले मलेसियाली मानव संशाधनमन्त्री एम कुलासेगरनलाई भ्रमणको निम्तो दिएको छ ।
कुलासेगरनले मलेसियास्थित नेपाली दूतावासका अधिकारीसमक्ष नेपाल भ्रमणमा जाने इच्छा व्यक्त गरेपछि भ्रमणको निम्तो पठाइएको श्रम मन्त्रालय स्रोतले बतायो ।

श्रम तथा रोजगरमन्त्री गोकर्ण बिष्टले परराष्ट्र मन्त्रालयमार्फत पठाइएको निम्तो मलेसिया पुगिसकेको छ ।
नेपालले उठाएको भिसा प्रक्रियमा स्थापित अवैध संयन्त्र खारेजीबारे मलेसिया सरकार छलफलमै छ । मन्त्रीले तत्कालका लागि नेपालबाट आउने कामदार सरकारी तवर (जीटुजी)बाटै ल्याउने प्रस्ताव मन्त्रिपरिषदमा राखेका छन् ।

मानव संशाधनमन्त्री कुलासेगरनले केही दिनअघि जीटुजीमा आधारित भिसा प्रक्रिया अपनाउन मन्त्रिपरिषद्को स्वीकृति कुरिहरेको बताएका थिए ।

भिसा प्रक्रियाका लागि मलेसिया सरकारले विभिन्न संयन्त्र खडा गरेको थियो, जसलाई नेपालले अवैध बनेको छ । त्यसलाई खारेज नगरेसम्म कामदार नै नपठाउने निर्णय नेपाल सरकारले लिएपछि मलेसिया सरकार दबावमा छ ।

मलेसिया सरकारसँग मिलेर खडा गरिएका भीएलएन, जीएससी, वान स्टप सेन्टर लगायतका नाममा नेपाली कामदारमाथि झण्डै १९ हजार अतिरिक्त शुल्क लिइन्छ ।

मलेसियाली मन्त्री नेपाल आउँदा द्विपक्षीय श्रम सम्झौताबारे पनि छलफल हुने एक अधिकारीले जानकारी दिए ।

उनकाअनुसार नेपालले सम्झौताको मस्यौदा तयार गरेको छ । अब यसमा छलफल गरेर टुंगो लगाउने योजना बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment