+
+
Shares

धुलीखेल नगरपालिकाको सबै विवरण मोवाइल एप्समा

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १८ गते १३:१०

१८ साउन, काभ्रे । स्थानीय निर्वाचनको झण्डै डेढ वर्षपछि काभ्रेको धुलिखेल नगरपालिकाले आफ्नो मोवाइल एप्स सञ्चालनमा ल्याएको छ ।

काठमाडौको सोल्टी होटलमा भएको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एप्समा भएका विभिन्न शाखाका हटलाइन टेलिफोन नम्बरमध्ये सामाजिक विकास शाखा प्रमुख विदुर गौतमलाई फोन गरेर मोवाइल एप्सको उद्घाटन गरेका हुन् ।

उनले उद्घाटनपछि सबै स्थानीय तह प्रविधिको विकास र यसको भरपुर सदुपयोग तर्फ लाग्नुपर्नेमा जोड दिए ।

नगरपालिकाबाट पाइने सेवा, आवश्यक पर्ने डकुमेन्ट, नगरपालिकाको बजेट, कानुन, करका विवरण, उपलब्धी नगरपालिकाभित्र भए गरेका गतिविधि सबै एप्समार्फत मोवाइलमा नै हेर्न पाइने धुलीखेल नगरपालिकाकी उपप्रमुख विमला शर्माले बताइन् ।

‘हाम्रो नगरलाई स्मार्ट बनाउने एउटा कदम यो पनि हो । एप्समा नगरपालिकामा गरिनुपर्ने गुनासो, नगरपालिकाबाट पाइने, सेवा, सेवाका लागि पर्ने विवरण, सेवा दिने कर्मचारी, र जनप्रतिनिधिको विवरण, कर, बजेट, कानुन लगाायत नगरपालिकाबाट पाइने सेवा र आवश्यक दायित्वबारे बुझ्न सकिन्छ’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?