Comments Add Comment

राप्रपा र राप्रपा प्रजातान्त्रिकबीचको एकता वार्ता भाँडियो

१८ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा प्रजातान्त्रिकबीचको एकता वार्ता स्थगित भएको छ । राप्रपा अध्यक्ष कमल थापाले हिन्दू राष्ट्र र राजसंस्थाबारे राप्रपा प्रजातान्त्रिकको आधिकारिक धारणा नआएसम्म वार्ता नगर्न आफ्नो वार्ता टोलीलाई निर्देशन दिएका छन् ।

हिन्दु राष्ट्र र राजतन्त्रबारे राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनील थापाले हालै सञ्चार माध्यमहरुमा राप्रपाले हिन्दु राष्ट्र र राजतन्त्रको मुद्दा छाडेमा मात्र एकता हुन सक्ने अभिव्यक्ति दिएपछि राप्रपाले पार्टीले ती विषयमा पार्टीले आधिकारिक धारणा नदिएसम्म वार्ता नगर्ने बताएको हो ।

पार्टी एकताबारे छलफल गर्न दुबै पार्टीले वार्ता टोलीसमेत बनाएका थिए । जसमा राप्रपाबाट वुद्धिमान तामाङ, टंक ढकाल र राजेन्द्र लिंदेन छन् भने राप्रपा प्रजातान्त्रिकको वार्ता टोलीमा दीपक बोहरा, बिक्रम पाण्डे र सुनील थापा छन् ।

राप्रपा प्रजातान्त्रिकले भने महामन्त्री थापाले दिएको अभिव्यक्ति पार्टीको आधिकारिक धारणा नभएको बताएको छ । उसले पार्टी सर्वधर्म समभावसहितको सनातन हिन्दूराष्ट्रप्रति पूर्ण प्रतिवद्ध रहेको पनि बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment