Comments Add Comment

संवैधानिक अंगमा नियुक्तिको पद्धति नै त्रुटीपूर्ण : राप्रपा

१८ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपालमा संवैधानिक अंगमा नियुक्तिको हालको व्यवस्था नै त्रुटीपूर्ण र असफल सावित भएको बताएको छ ।

शुक्रबार प्रस्तावित प्रधानमन्त्री दीपकराज जोशीको नाम संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत हुनुले संवैधानिक अंगमा नियुक्तिअघि संसदीय सुनुवाई गर्ने पद्धति नै त्रुटीपूर्ण र असफल प्रमाणित भएको उसको दावी छ । राप्रपाले विज्ञप्ति जारी गरी यस्तो व्यवस्थाले आउँदा दिनमा पनि संवैधानिक र राजनीतिक जटिलता सिर्जना गर्ने दावी गरेको छ ।

प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘प्रस्तावित व्यक्तिको योग्यता, दक्षता र क्षमताको मुल्याङ्कन गर्ने र निर्णय गर्ने संसदीय सुनुवाई समितिको क्षेत्राधिकार हो तर संवैधानिक परिषदले सिफारिस गरेको व्यक्ति सुनुवाई समितिबाट अस्वीकृत हुनुले संवैधानिक अंगमा नियुक्तिको पद्धति नै त्रुटीपूर्ण र असफल प्रमाणित भएको छ ।’

शुक्रबार संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment