Comments Add Comment

‘बकम्फुसे राजा’को घोषणा, के बर्षा हुन् लिड नायिका ?


३ दशकदेखि नेपाली चलचित्रको पत्रकारितामा सक्रिय पत्रकार प्रकाश सुवेदी अब चलचित्रको निर्देशक बन्ने भएका छन् । उनले, निर्देशन गर्न लागेको चलचित्र ‘बकम्फुसे राजा’को घोषणा गरिएको छ । सुवेदीको ५० औं जन्मदिनको अवसर पारेर चलचित्रको घोषणा गरिएको हो ।

चलचित्रमा गणेश सुवेदीको लगानी रहनेछ । चलचित्रमा अर्जुन पोखरेलको संगीत, विष्णु कल्पितको छायांकन, सुनिल श्रेष्ठको कथा रहेको छ । चलचित्रका कलाकार भने केही समयपछि घोषणा गरिने सुवेदीले जानकारी दिए ।

चलचित्रको घोषणा कार्यक्रममा कलाकारको नाम सार्वजनिक नगरेपनि केही कलाकार भने फाइनल भएको वुझिएको छ । चलचित्रमा नायिका बर्षा राउत र हाँस्य कलाकार विल्सन विक्रम राई फाइनल भएको वुझिएको छ ।

नायिका राउत कार्यक्रममा पुगेकी थिइन् तर उनी लामो समय बसिनन् । नायिका राउतले भने चलचित्रका लागि कुरा भएको तर कागजी संझौता भैनसकेको बताइन् । पूर्ण रुपमा यो चलचित्र कमेडी कथामा निर्माण हुनेछ ।

निर्देशक सुवेदीले आफ्नो जीवनको नयाँ इनिङको रुपमा चलचित्र निर्देशन गर्न लागेको बताए । कार्यक्रममा चलचित्र क्षेत्रका केही हस्तीहरुको उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment