+
+
Shares

गोरखाको खानिगाउँमा पहिरो, ७२ घरधुरी जोखिममा

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २० गते १२:५१

२० साउन, गोरखा । पहिरोका कारण गोरखाको धार्चे गाउँपालिका-७ लापुस्थित खानीगाउँका ७२ घरधुरी जोखिममा परेका छन् ।

अविरल वर्षका कारण आइतबार बिहान बस्ती नजिकैको जङगाङ डाँडामा पहिरो जाँदा जोखिम बढेको हो ।

पहिरो गाउँ नजिकै पुगेपछि ११ घरधुरी भने बिस्थापित भइसकेको स्थानीय सुशील गुरुङले बताए । ‘यता डाँडाको पहिरो गाउँ नजिकै आइपुगेको छ, फेरि गाउँको बीचमा जमिनको धाजा फाटेको छ, हामी सबै त्रासमा छौ ।’ उनले भने ।

विस्थापित भएका ११ घरधुरीका मानिसहरु आफन्तको शरणमा गएको उनले जानकारी दिए । वर्षातका कारण धाजा फाटेको जमिनमा पानी छिरेर वस्ती नै भासिन सक्ने जोखिम रहेको वडाध्यक्ष सूर्यमान गुरुङले बताए ।

विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पहिरो गएको ठाउँमा प्रहरी टोलि पठाइएको बताए ।

‘सबै स्थानीय तहमा विपद व्यवस्थापन समिति गठन भएको छ, तारजाली लगाउने लगायतका अन्य काम उनीहरुले नै काम गर्छन्, रेस्क्युका लागी सुरक्षाकर्मी आवश्यक परे हामी पठाउँछौ, रकम अभाव भए जिल्ला विपद व्यवस्थापन बाट केही सहयोग हुन्छ ।’ उनले भने ।
पानी परिरहेकाले सतर्क रहन स्थानीयहरुलाई उनले आग्रहसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?