Comments Add Comment

प्रख्यात रेस्लर केन बने अमेरिकाको नक्स काउन्टीको मेयर

२० साउन, काठमाडौं । डब्लुडब्लुई रेस्लिङमा केन नामले प्रख्यात रेस्लर ग्लेन ज्याकोब्स संयुक्त राज्य अमेरिकाको टेनेसी राज्यको नक्स काउन्टीका मेयरमा निर्वाचित भएका छन् ।

ज्याकोब्सले बिहीबार भएको निर्वाचनमा डेमाक्रेटिक पार्टीकी उम्मेदवार लिन्डा हानेलाई ठूलो मतान्तरले पराजित गरेका हुन् । ज्याकोब्सले ५१ हजार ८०४ मत प्राप्त गर्दा लिन्डाले २६ हजार २२४ मत मात्र पाएकी थिइन् ।

‘सबै कुरा सुखद भएको छ,’ ज्याकोब्सले भनेका छन्, ‘मैले जित्नुको कारण मसँग धेरै मेहनती टिम थियो । मेरो टिमले आफ्नो अमुल्य समय र उर्जा खर्च गरेर मलाई धेरै सहयोग गरे किनभने उनीहरुमा मप्रति विश्वास थियो । मतदाताहरुले पनि मलाई मत दिनुभयो । यो धेरै सुखद छ र उहाँहरुप्रति म कृतज्ञ छु ।’

रेस्लिङमा धेरै मेहनत गरेर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका ज्याकोब्सले आफ्नो निर्वाचन अभियानमा समेत त्यही धैर्य र लगनशीलतालाई अपनाए । ‘मलाई निर्वाचन जित्छु भन्ने विश्वास थियो,’ ज्याकोब्सले भने, ‘तर जीतपछि धेरै मानिसहरुले मलाई तिम्रो सम्भावना छ भनेर कसैले सोचेकै थिएनन भने ।’

को हुन् ग्लेन ज्याकोब्स ?

रेस्लिङ रिङमा झगडालु र रिसाहा स्वभावमा प्रस्तुत हुने केन वास्तविक जीवनमा भने धेरै नै विनम्र छन् ।

ज्याकोब्स अर्थात केनको जन्म सन् १९६७ अपि्रल २६ मा अमेरिकी वायुसेनाको परिवारको सदस्यको रुपमा स्पेनमा भएको थियो ।

उनी एक व्यावसायीक रेस्लर मात्रै नभई एक सफल व्यवसायी, अभिनेता तथा राजनीतिज्ञ पनि हुन् ।

केन तीनपटकका विश्व च्याम्पियन रेस्लर हुन् । उनले डब्लूडब्लूएफ, ईसीडब्लू च्याम्पियनसिप र वल्र्ड हेभिवेट च्याम्पियन्सिप गरी तीन उपाधि जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment