Comments Add Comment

प्रियंकाकी आमालाई देखेर सलमान खानले मुन्टो बटारे


बलिउड अभिनेता सलमान खान अभिनेत्री प्रियंका चोपडासँग क्रुद्ध छन् । आफ्नो फिल्म ‘भारत’ लाई लात हानेर प्रियंकाले हलिउड फिल्म साइन गरेपछि उनी रिसाएका हुन् ।

‘भारत’ छाडेयता प्रियंकाको सलमानसँग भेट भएको छैन । तर, हालै एक कार्यक्रममा प्रियंकाकी आमा र सलमानको जम्काभेट भयो । कार्यक्रम थियो मनिष मल्होत्राको फेसन शो ।

उक्त फेसन शोमा सलमान र नायिका कटि्रना कैफको क्याटवाक पनि राखिएको थियो । प्रियंकाकी आमा मधुलाई पनि त्यहाँ आमन्त्रण गरिएको रहेछ । उनी तोकिएको समयमै पुगिन् र मनिषलाई बधाई दिन ब्याकस्टेजमा गइन् । त्यहाँ सलमान र कट्रिना आफ्नो तयारी गर्दै थिए ।

एकाएक प्रियंकाकी आमालाई अगाडि देखेपछि सलमानले फरक्क मुन्टो बटारे र कट्रिनासँग गफ गर्न थाले । कट्रिनाले पनि मधुलाई देखेको नदेखेई गरिन् । उनीहरुको व्यवहारबाट मधुको अनुहारमा बादल छाएको थियो ।

त्यसको भोलीपल्ट एक कार्यक्रममा मधुलाई पत्रकारहरुले प्रियंका र सलमानको सम्वन्धको विषयमा सोधे । ‘प्रियंकाले भारत छोडेपछि सलमान खान नराम्ररी रिसाएका छन् रे नी ?’ एक पत्रकारले सोधे ।

मधुले भनिन्, ‘यो कुरा मलाई किन सोध्नुहुन्छ ? सलमानलाई नै गएर सोध्नुस ।’ अर्का पत्रकारले सोधे, ‘प्रियंकाले सलमानलाई धोका दिएको त हो नी ?’

मधुले भनिन्, ‘के को धोका ? के हिरोइनले फिल्म छोडेको यो पहिलो घटना हो र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment