Comments Add Comment

नयाँ व्हीलः टु इन वान अभियान

२१ साउन, काठमाडौं । युनिलिभर नेपालले नयाँ लुगा धुने साबुन ‘व्हील टु इन वान’ अभियान लन्च गरेको छ । नयाँ जमानाको नेपाललाई नयाँ जमानाकै लुगा धुने साबुको खाँचो रहेको मध्येनजर गरेर कम्पनीले व्हील टु इन वान नेपाली बजारमा ल्याएको जनाएको छ ।

व्हील टु इन वानको बारेमा सर्वसाधारणलाई जानकारी गराउनको लागि व्हील टु इन वानले अब प्रवर्द्धनात्मक अभियान सुरु गरेको छ, जसमा यसले दिने गहिरो सफाइ र हजारौं फूलहरुको बास्नाको बारेमा रोचक तरिकाले बताइएको छ ।

अभियान प्रवर्द्धनका लागि नायिका प्रियंका कार्की र अर्पण थापालाई युनिलिभर नेपालले आवद्ध गरेको छ । नेपालको इतिहासमै पहिलो पटक पि्रयंका कार्की र अर्पण थापालाई एउटै विज्ञापनमा ल्याइने छ ।

कम्पनीका अनुसार यस विज्ञापनमा प्रियंका कार्की र अर्पण थापाले व्हील टु इन वानले दिने गहिरो सफाइ र हजारौं फूलहरुको बास्नाको बारेमा रोचक तरिकाले बताउने छन् ।

पुरानो जमानाको साधारण नाङ्गो साबुनहरुको जमाना अब गएको र अहिलेको नयाँ जमानामा नयाँ लुगा धुने साबुन व्हील टु इन वानको आवश्यकता रहेको कुरा यो विज्ञापन मार्फत् प्रियंका र अर्पणले गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment