Comments Add Comment

बानेश्वरको खाल्डो पुरियो, किनभने मोदी आउँदैछन् !

यात्रुले सोधे-बौद्धतिर पोखरी देख्नुभा'छ ?


२२ साउन, काठमाडौं । आजभोलि सडक विभागका इन्जिनियर र प्राविधिकहरुलाई एकछिन पनि हात बाँधेर बस्न छुट छैन । चक्रपथभित्र जता घाम लाग्यो भन्ने सूचना आउँछ, त्यतै रोडा र अलकत्रा बोकेर सडकको खाल्डा टाल्न पुगिहाल्नुपर्छ ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमिस्टेक) को शिखर सम्मेलन काठमाडौंमा हुने भएपछि ‘सडकमा एउटा पनि खाल्डा नराख्नू’ भन्ने सरकारको निर्देशन छ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत विभिन्न ६ राष्ट्रका सरकार र राष्ट्र प्रमुख आउने भएपछि काठमाडौंका सडकलाई चिटिक्क पारेर राख्न कुनै कसर बाँकी नछोड्न भन्दै सरकारले विभागलाई घच्घचाइरहेको छ ।

त्यसैले वर्षामै भए पनि सडक विभागका अधिकारीहरु निकै सक्रिय छन्, नभई सुख पनि छैन । अन्य समयमा धान रोप्ने खेतजस्तो बन्ने गरी पानी जम्दा पनि वास्ता नगर्ने सरकारले बेमिस्टेककै लागि भए पनि मुख्य सडकहरु सुधार गर्दा स्थानीय, सवारी चालक र यात्रुलाई सहज भएको छ ।

मंगलबार बानेश्वर चोकमा केहीबेर सवारी आवागमन नै रोकेर खाल्डा पुरियो । त्यतिबेला जाममा फसेका यात्रुले सरकारलाई ब्यंग्य कस्न भ्याए । विभागका प्राविधिकले साना-साना खाल्डा पनि खोज्दै पुरेको देखेपछि केही यात्रुले सँधै यसैगरी काम गर्न सुझाव दिए ।


स्थानीय ब्यापारीहरुले पनि विदेशी पाहुना आउने भएपछि गरिने यस्तो ‘शुभ काम’ सँधैभरि गर्ने सद्बुद्धि सरकारलाई प्राप्त भइदिए हुन्थ्यो भन्ने कामना व्यक्त गरे ।

जामका फसेका एक मोटरसाइकल चालकले ठूलै विभागका स्वरमा भने,’यहाँको भ्वाङ टालियो, ठीक भयो, बौद्धको सडकमा जमेको पानीपोखरी पनि देख्नुभा’छ ?’

उनको भनाइमा सबैले हाँसेर धेरैले सहमति जनाए ।






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment