Comments Add Comment

मुक्तहलिया पुनःस्थापनामा ३ करोड बढी भ्रष्टाचार ! राष्ट्रियसभामा उठ्यो कुरा

२३ साउन, काठमाडौं । डडेलधुरामा हलिया मुक्त पुनःस्थापना कार्यक्रमको रकममा व्यापक अनियमितता भएको भन्दै दोषीलाई कारवाही गर्नुपर्ने आवाज राष्ट्रिय सभामा उठेको छ । एक सांसदका अनुसार हलियालाई दिने रकमबाट प्रतिव्यक्ति २० हजारको दरले ३ करोड ३८ लाख रुपैयाँ अनियमितता भएको छ ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा नेकपाका सांसद चक्रप्रसाद स्नेहीले डडेलधुरा मालपोत कार्यालयका सहायक दान बहादुर बिक, लेखापाल दिलबहादुर ऐर र मुक्त हलियाका जिल्ला अध्यक्ष तुलाराम सार्कीले हलिया पुनःस्थापना कार्यक्रमको रकममा अनियमितता गरेको आरोप लगाए । उनीहरुले प्रतिव्यक्ति २० हजारको दरले ३ करोड ३८ लाख रुपैयाँ घुस लिएको प्रमाणित भइसकेको भन्दै कडा कारवाहीका लागि सरकारको ध्यानाकर्षण गराए ।

घुस लिएको प्रमाणित भएपछि केही रकम उनीहरुले फिर्ता गरेको बताउँदै उनले भने, ‘त्यही बहानामा छुट दिने काम नहोस् ।’

डडेलधुरामा १ हजार ५ सय ५८ जना हलिया पुनःस्थापित भइसकेका छन् भने २ हजार ५ सय ५१ जना हलिया सरकारको हलिया पुनःस्थापना कार्यक्रम अन्तर्गत सेवा लिने क्रममा छन् । सो कार्यक्रम अन्तर्गत सरकारलेे घर निर्माणका लागि ३ लाख २५ हजार, मर्मतका लागि १ लाख २५ हजार र जमिन खरिदका लागि २ लाख रुपैयाँ जिल्ला मालपोत कार्यालय मार्फत उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment