Comments Add Comment

संचिताको ‘गुनगुन’मा चन्दाको हट आइटम डान्स


नायिका संचिता लुइटेलको मुख्य भूमिका रहेको चलचित्र ‘गुनगुन’मा समावेश आइटम गीत रिलिज गरिएको छ । ‘किस मिस’ बोलको गीतमा चन्दा दाहालले आइटम नृत्य गरेकी छिन् ।

कमल पौडेलको शब्द, महाराज थापाको संगीत रहेको गीतमा सुनिता कार्कीको स्वर छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको यो गीतले चलचित्रको कथालाई नै अगाडि बढाउने निर्माणपक्षले बताएको छ ।

पुकार भट्टराईको निर्देशनमा तयार भएको यो चलचित्र कात्तिक ३० गतेबाट रिलिज हुने भएको छ । प्राथना फिल्म्स्को प्रस्तुतिमा तयार भएको चलचित्रमा संचिता लुइँटेल , रविन्ऽ प्रताप सेन , सुवास मेचे , नविन श्रेष्ठ , गणेश जिसी , देशभक्त खनाल , अनु भण्डारी , सुमेश श्रेष्ठ , राधा दाहाल , भिम मैनाली , बाल्दिप राई , विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment