Comments Add Comment

पोखरामा खेलाडी छनोट र दशैं महोत्सव सँगसँगै

खर्च जुटाउन महोत्सव गरिएको दावी

२३ साउन, पोखरा । आठौं खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गर्न पोखरामा बृहत खेलकुद, मनोरञ्जन दशैं व्यापार महोत्सव आयोजना गरिएको छ ।

जिल्ला खेलकुद विकास समितिले नेपाल मेला महोत्सव संघसँग मिलेर खेलाडी छनोटका लागि आगामी असोज २ देखि १४ गतेसम्म खेलकुद प्रतियोगितासहित व्यापार महोत्सव पनि गर्न लागेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले बताए ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कार्यक्रम गर्न लागेको अध्यक्ष गुरुङले बताए । जिल्ला खेलकुद विकास समितिले खेलकुदका इभेन्टहरु गर्ने र नेपाल मेला महोत्सव संघले वाल उद्यानसहित मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रम गर्ने उनले जानकारी दिए । सो अवसरमा आठौं राष्ट्रिय खेलकुदमा खेलाइने फुटबल, भलिबल, कराते, बक्सिङ, जुडो, कुस्ती, स्क्वासलगायतका सबै खेलमा प्रतिष्पर्धा गराएर खेलाडी छनोट गरिने गुरुङले बताए ।

अध्यक्ष गुरुङले प्रतियोगिता आयोजना गर्न तथा छनोट भएका खेलाडीलाई क्लोज क्याम्पमा राख्न र उनीहरुका लागि खेल पोशाक खरिद गर्न रकम चाहिने भएकाले सो रकम मेलाबाट संकलन गर्ने उद्देश्यले रंगशाला हाताभित्रै महोत्सव आयोजना गर्न लागिएको बताए । उनका अनुसार एकातर्फ खेलकुदका कार्यक्रम निरन्तर हुनेछ भने अर्कोतर्फ महोत्सव चल्नेछ ।

महोत्सव गरेबापत संघले जिल्ला खेलकुद विकास समितिलाई २ लाख रुपैयाँ दिने सम्झौता भएको संघका अध्यक्ष नारायण महतोले बताए । महोत्सवमा वाल उद्यान प्रमुख आकर्षणका रुपमा रहने उनले बताए । त्यसका साथै विविध सांस्कृतिक कार्यक्रम पनि हुने उनको भनाई छ ।

खेलकुद अवलोकन निःशुल्क रहने र महोत्सवतर्फ जानका लागि टिकट लाग्ने आयोजकले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment