Comments Add Comment

हामी फुटेको ढोल हौं : राजेन्द्र महतो

२४ साउन, काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले आदिवासी जनजाति, मधेसीहरुले किन अधिकार पाएनन् भनेर समीक्षा गर्ने बेला आएको बताएका छन् ।

२४ औं विश्व आदिवासी दिवसको अवसरमा बिहीबार काठमाडौंमा भएको कार्यक्रममा राजपा नेता महतोले उत्पीडनमा परेकाहरुले आत्मसमीक्षा गर्न जरुरी रहेको बताए । महात्मा गान्धीले ‘अत्याचार गर्नेभन्दा अत्याचार सहने बढी दोषी हुन्छ’ भनेको स्मरण गर्दै उनले भने, ‘त्यसैले हामी बढी दोषी हौं ।’

माग राखेर थुप्रै बिन्तीपत्र र बलिदान दिँदा पनि अधिकार नपाएको उनले बताए । पहिचानसहितको संविधान भन्दै लडेको तर, संविधान बन्दा अधिकार नपाएको भन्दै महतोले भने, ‘मैले बुझेको यसेको एउटै कारण छ, हामी मिल्न सक्दैनौं ।’

उनले अघि भने, ‘हामी फुटेको ढोल हौं । फुटेको ढोल बज्दैन ।’

जुन दिन शोषण उत्पीडनमा परेका छन्, एक भएर लड्न सक्छन्, शासकहरुले घरमै अधिकार ल्याइदिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment