मंगलबार, २९ साउन, २०७५
OnlineKhabar.com
Suzuki

नेकपा कर्णाली प्रदेशको कार्यदलले बुझायो प्रतिवेदन

Suzuki

२५ साउन, काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको पार्टी एकताका लागि गठित कार्यदलले नेकपाका महासचिव विष्णुप्रसाद पौडेललाई शुक्रबार प्रतिवेदन बुझाएको छ ।

महासचिव पौडेललाई नेकपा संसदीय दल कार्यालयमा आयोजित कार्यक्रममा कार्यदलका संयोजक युवराज ज्ञवाली तथा सदस्य जनार्दन शर्मा, यामलाल कँडेल र मायाप्रसाद शर्माले प्रतिवेदन बुझाउनुभएको हो । प्रदेश तहमा पहिलो पटक कर्णाली प्रदेशले प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा प्रदेश सङ्गठन कमिटी, राष्ट्रिय प्रतिनिधि परिषद् र केन्द्रीय सल्लाहकार समितिमा रहनेको नामवाली बुझाइएको कार्यदलका सदस्य कँडेलले जानकारी दिए ।

पार्टी एकताका लागि नेकपाले सात वटै प्रदेशमा प्रदेशस्तरीय कार्यदल गठन गरेको छ । नेकपाले साउन मसान्तसम्मका लागि सात वटै प्रदेशलाई प्रदेशस्तरमा पार्टी एकताका लागि प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

२०७५ साउन २५ गते १९:१६ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this