Comments Add Comment

एयरपोर्टबाट विमान चोरी !

अमेरिकामा एक एयरलाइन्सका कर्मचारीले सिएटल एयरपोर्टबाट विमान चोर्ने प्रयास गरेका छन् । तर, उनले विमानलाई कुनै गन्तव्यमा पुर्‍याउन पाएनन्, एक द्वीपमा दुर्घटना भएको छ ।

अधिकारीहरुका अनुसार उनी गलत रुपमा एयर पोर्ट आएर बिना अनुमति विमान उडाएका थिए ।

घटना शुक्रबारको हो । बिना अनुमति उडाए लगतै दुई एफ १५ लडाकू विमानले पछ्याएको थियो । अधिकारीहरुका अनुसार यो आतंकवादसँग जोडिएको घटना होइन ।

विमान उडाएर भाग्ने व्यक्ति स्थानीय हुन् र उमेर २९ वर्ष छ । दुर्घटनापछि उनको अवस्था अज्ञात छ ।

सामाजिक सञ्जालमा पोष्ट भएको भिडियोमा विमान निकै डरलाग्दो तरिकाले उडेको थियो । एयर ट्राफिक कन्ट्रोलले विमानलाई ल्याण्ड गराउने प्रयास समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment