Comments Add Comment

पर्यटनमन्त्रीको प्रस्ताव : वायुसेवा निगममा रणनीतिक साझेदार ल्याऊँ

फाइल तस्वीर

२८ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अघिकारीले नेपाल वायुसेवा निगममा रणनीतिक साझेदार भित्र्याउने प्रस्ताव राखेका छन् ।

नयाँ विमान खरिदका क्रममा कुनै कमजोरी भएको भए दोषीलाई कारबाही गर्ने बताए । तर, वारेन्टी नभएको प्रचार गलत भएको बताए ।

सोमबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले वायु सेवा निगममा रणनीतिक साझेदार भित्र्याउनुको विकल्प नभएको बताए । उनले भने, ‘कागजी होइन, साचो अर्थमा पार्टर ल्याउनुपर्छ । ठीक प्रक्रिया पूरा गरेर पार्टर ल्याउनुपर्छ ।’

यसका लागि मन्त्रालयले पनि गृहकार्य गरिरहेको मन्त्री अधिकारीले जानकारी दिए ।

उनले नयाँ वाइड बडी विमान खरिदका क्रममा कुनै गल्ती भएको भए सरकारले नछाड्ने बताए ।

विमान खरिदका क्रममा वारेन्टी, वेटलगायतका विषयमा नागरिक उड्डयन प्राधिकरणको टोलीलाई हेर्न लगाएको भन्दै उनले भने, ‘जहाज आएको छ, ज्यादै राम्रो भएको छ । यदि त्यो प्रक्रियामा कति कतै गल्ती भएको छ भने सरकारले छाड्दैन । सदनले पनि छाड्नु हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment