२८ साउन, बुटवल । पहिरो झरेपछि सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका-३ हेडबक्स भन्ने स्थानको पुरानो पहिरो पुनः खसेपछि सोमबार दिउँसो तीन बजेदेखि सडक अवरुद्ध भएको हो ।
भारी वर्षाका कारण पहिरो खस्ने क्रम नरोकिएकालेे पहिरो पन्छाउन नसकिएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
वर्षा रोकिएपछि मात्रै पहिरो पन्छाउन सकिने प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा पाल्पा हुँदै बुटवलतर्फ आइरहेका र बुटवलबाट पाल्पा, गुल्मी, स्याङजा, बागलुङ, पोखरा लगायतका स्थानतर्फ जाने सवारी साधन र यात्रु बीचमै रोकिएका छन् ।
हेडबक्सको पुरानो पहिरो ठूलो वषर्ा भएसँगै पुनः खस्ने गर्दा यहाँ पटक-पटक सडक अवरुद्ध हुँदै आएको छ । सडक खुल्न केही घण्टा लाग्ने प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4