Comments Add Comment

पानीको बहाव बढेपछि महाकाली पुलमा अवागमन बन्द

महाकाली नगरपालिका-१० को गिरीटोल डुवानमा

२८ साउन, कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढेपछि पश्चिमी सीमानाका गड्डाचौकी नजिकैको शारदा व्यारेजको पुलमा चार पाङग्रे सवारी साधनको अवागमन सोमबार पनि बन्द गरिएको छ ।

आइतबार रातिदेखि परेको अबिरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि भारतीय पक्षले आइतबार दिउँसो १२ वजेपछिदेखि पुलमा चारपाङ्ग्रे सवारीसाधनको अवागमन बन्द गरेकोमा अहिलेसम्म खुलेको छैन ।

सोमबार दिउँसो पानीको बहाव बढेर १ लाख २७ हजार क्युसेक पुगेका इलाका प्रहरी कार्यालय गडडाचौकीका प्रहरी नायब निरीक्षक डिकर देब पन्तले जानकारी दिए । उनले हिजोदेखि गाडिहरु रोकिदा समस्या भएकेा बताए ।

महाकाली नदीमा पानीको बहाव बढेसँगै कञ्चनपुरको भीमदत्त नगरपालिकाको महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको प्रहरी नायब निरीक्षक पन्तले जानकारी दिए ।

उता महाकाली नगरपालिका १० गिरीटोलमा पानी पस्दा त्यहाँ रहेको मानिस, पशुचौपाया र अन्य सरसमान सार्ने काम भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबत्ता प्रहरी नायक उपरिक्षक डिएसपी ज्ञानबहादुर सेठीले जानकारी दिए ।

उनले जोगबुडा र महाकाली नदी मिसिने ठाउँमा पानीको मात्रा बढेको बताउँदै त्यहाँ नजिकै रहेकेा गिरी टोलमा पानी पसेको बताए ।

महाकाली नदीका पानीको बहाव बढेसँगै सुरक्षा निकायलाई उच्च सर्तकतामा राखेको प्रबत्ता सेठीले जानकारी दिए । पुल पुरानो र जीर्ण भएका कारण एक लाख क्युसेक पानी पुगेसँगै भारतीय पक्षले पुलमा आवागमन बन्द गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment