Comments Add Comment

आशिरमान र आनाको निकटता


हुनत, सोमबार बेलुकी २ घन्टा ढिलो गरि सुरु भएको चलचित्र ‘द ब्रेकअप’को इन्ड क्ल्याप पार्टीको मुख्य आकर्षण यसका नायक र नायिका हुनुपर्ने हो । तर, कार्यक्रमको माहोल २ नायिकाले भन्दा पनि अर्कै कलाकारले तताइन् ।
चलचित्रमा शिल्पा मास्के र इच्छा कार्की मुख्य भूमिकामा छन् । तर, चलचित्रमा नरहेकी नायिका आना शर्माको उपस्थितीले शिल्पा र इच्छाको चर्चा कमजोर बन्यो ।

आना मिडियामा कम आउने नायिका हुन् । यसैले पनि ‘ग्याङस्टार ब्लूज’मा सँगै काम गरेका नायक आशिरमान देशराज र निर्देशक हेमराज वीसीको निमन्त्रणालाई स्विकार गर्दै आना कार्यक्रममा पुगेकी थिइन् । कार्यक्रममा आना र आशिरमानको मित्रता खुबै देखियो । उनीहरु एकसाथ गफमा व्यस्त देखिए । कार्यक्रम सुरु भएपछि भने आना हलमा बसिनन् ।

आनाले मिडियासँग कुनै पनि कुरा गरिनन् । तर, पोज दिएर तस्बिर भने खिचाइन् । ‘ग्याङस्टार ब्लूज’बाट चर्चा कमाउन नसकेपछि आना अहिले मौन छिन् । बरु, उनको प्रेम चर्चा भने बजारमा चलेको छ ।

तस्बिरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment