Comments Add Comment

स्कुलको खानेपानी ट्यांकीमा विष, १६ विद्यार्थी बिरामी

२९ साउन विराटनगर । उत्तरी मोरङको लेटाङ नगरपालिका ९ जाँतेको एक विद्यालयमा विषाक्त पानी खाँदा १६ विद्यार्थी विरामी परेका छन् । जसमा दुई विद्यार्थीको अस्वस्था गम्भीर रहेको छ ।

लेटाङको श्रीमाविमा विषादी मिसिएको ट्यांकीको पानी खाँदा गम्भीर बिरामी भएका दुई जनाको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ । अरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक युवराज खतिवडाका अनुसार बिद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात ब्यक्तिले बिष मिसाएको पाइएको छ ।

विद्यार्थीले धाराको पानी पिएलगत्तै वान्ता गरेपछि उनीहरुलाई उपचारको लागि उर्लावारीस्थित मंगलवारे प्राथमिक केन्द्र लगिएको थियो ।
बिरामी विद्यार्थीमध्ये सृष्टि निरौला र खुश्बु मिश्रले लगातार वान्ता गरेपछि उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए ।

अरु विद्यार्थीको स्वास्थ्य स्थिति सामान्य रहेको छ । प्रहरीका अनुसार विद्यालयको पानी टंयाकीमा साइपर मेथिन नामको विषदी हालेको पाइएको छ । यो सामान्य प्रकारको विषादी रहेको प्रहरीको भनाइ छ ।

पानीमा विषादी कसले हालेको भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment