Comments Add Comment

सिल्भाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए

२९ साउन, काठमाडौं । स्पेनका मिडफिल्डर डेभिड सिल्भाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

इंग्लिस क्लब म्यानचेस्टर सिटीमा रहेका ३२ वर्षका सिल्भा २०१० को विश्वकपका साथै २००८ र २०१२ को युरोकप जित्दा स्पेनिस टिमको महत्वपूर्ण खेलाडी थिए । गएको रसिया विश्वकपमा भने स्पेनिस टिमको खेल राम्रो हुन सकेको थिएन ।

२००६ मा राष्ट्रिय टिममा डेब्यू गरेका सिल्भाले १ सय २५ खेल खेलेका छन् । स्पेनिस टिमबाट मिडफिल्डर आन्द्रेस इनिस्टा र डिफेन्डर जेरार्ड पिकेले पनि सन्यास लिएकाले टिममा पुनर्निर्माणको खाँचो देखिएको छ ।

‘अहिले नै सन्यास लिनु मेरो फुटबल जीवनकै कठीन निर्णय हो । स्पेनिस टिममा रहेर जति उपाधि जितेँ त्यो निकै उत्कृष्ट छ’ सिल्भाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment