Comments Add Comment

रोनाल्डोसहित ११ खेलाडी परे उत्कृष्ट गोलको नोमिनेसनमा

२९ साउन, काठमाडौं । पोर्चुगलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र डेनमार्कका क्रिष्टियन इरिकसनसहित ११ जना ‘युईएफए गोल अफ दि सिजन’ का लागि नोमिनेसनमा परेका छन् ।

गएको १२ महिनामा भएका युईएफएका प्रमुख प्रतियोगिताका आधारमा युईएफएका प्राविधिक निरिक्षकहरुले छानेका आधारमा ११ खेलाडीको गोल नोमिनेसनमा परेको हो । रोनाल्डोले रियल मड्रिडबाट च्याम्पियन्स लिगमा युभेन्टसविरुद्ध हानेको होभरहेड गोल नोमिनेसनमा परेको हो ।

को को परे नोमिनेसनमा ?

– क्रिष्टियानो रोनाल्डो, च्याम्पियन्स लिग क्वाटरफाइनलमा रियल मड्रिडबाट युभेन्टसविरुद्ध गरेको गोल ।

– लुसी ब्रोन्ज, महिला च्याम्पियन्स लिग सेमिफाइनलमा लायोनबाट म्यानचेस्टर सिटीविरुद्ध गरेको गोल ।

– ओल्गा कारमोना, महिला यु १९ च्याम्पियनसिपमा स्पेनबाट स्वीट्जरल्याण्डविरुद्ध गरेको गोल ।

– इलिस्यान्ड्रो, युईएफए फुटसल कप फाइनलमा इन्टर एफएसबाट स्पोर्टिङ सीपीविरुद्ध गरेको गोल ।

– इलिएट इम्बेलटन, युरोपियन यु १९ च्याम्पियनसिपमा इंग्ल्याण्डबाट टर्कीविरुद्ध गरेको गोल ।

– क्रिष्टियन इरिकसन, विश्वकप युरोपियन छनोटमा डेनमार्कबाट आयरल्याण्डविरुद्ध गरेको गोल ।

– पाउलो एसट्रेला, युईएफ युथ लिगमा पोर्टोबाट बेसिकटसविरुद्ध गरेको गोल ।

– इभा नाभारो, युरोपियन महिला यु १७ च्याम्पियनसिपमा स्पेनबाट जर्मनीविरुद्ध गरेको गोल ।

– डिमिट्री पायट, युरोपा लिगमा मार्सेलीबाट लेइपजिगविरुद्ध गरेको गोल ।

– गोन्जालो रामोस, युरोपियन यु १७ च्याम्पियनसिपमा पोर्चुगलबाट स्लोभानियाविरुद्ध गरेको गोल ।

– रिकार्डिनो, युरो फुटसलमा पोर्चुगलबाट रोमानियाविरुद्ध गरेको गोल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment