Comments Add Comment

पुष्पल स्टाइलः ‘कतै कथा चाहिने, कतै कथा नै नपढी साइन गरिदिने’


नायक पुष्पल खड्काले चलचित्र क्षेत्रमा संभावना त देखाएका छन् तर बाटो कोरिसकेका छैनन् । उनले अझै लामो दुरीको यात्रा हिड्नु छ । तर, कहिलेकाही उनको केटाकेटीपनाले उनलाई नै घाटा लाग्ने गरेको छ । चलचित्र ‘छक्का पन्जा ३’मा विशेष भूमिकामा अफर गरेपछि पुष्पल काम गर्न राजी भएका थिए । यतिसम्म कि, उनी चलचित्रको मुहुर्तमा समेत दंग पर्दै सहभागी भएका थिए । तर, पछि चलचित्रको छायांकन चलिहरँदा उनले आफूलाई आफ्नो भूमिका नसुनाइएको भन्दै चलचित्र नै छाडे । चलचित्रमा उनको विशेष भूमिका थियो, जसमा उनी काम गर्न राजी भएका थिए ।

निर्देशक दिपाश्री निरौलाले वन लाइन स्टोरी सुनाएपछि उनी काम गर्न तयार भएका थिए । पछि, आफ्नो भूमिका पुरै नभनिएकाले चलचित्र छाडेको भन्दै उनी तर्किए । उनै, पुष्पलले आज घोषणा भएको चलचित्र ‘दाल भात तरकारी’को भने कथा नै पढेका छैनन् । आफ्नो भूमिका के हो भन्ने नै उनलाई थाहा छैन । तर, उनी काम गर्न तयार भएका छन् । कलाकार हरिवंश आचार्यले उनलाई अफर गर्दा उनको भूमिकाको बारेमा केही बताएका थिए । सोही कुरा सुनेर उनी काम गर्न तयार भए र पत्रकार सम्मेलनमा दुई नायिकाको विचमा दंग परेर सहभागी भए ।

पत्रकारले यही बिषयमा प्रश्न राख्दा उनले भने-‘छक्का पन्जा ३ मा मेरो विशेष भूमिका थियो, ‘दाल भात तरकारी’ पुरा भूमिका छ । यसमा मैले अभिनय देखाउन पाउनेछु । कथा पढेको छैन, तर टिमप्रति विश्वास छ ।’ चलचित्रका निर्माता हरिवंशले यसपटक चलचित्रभरी नै भूमिका रहेको विश्वास म दिलाउँछु भन्दै पुष्पलको जवाफमा आफ्नो कुरा थपिदिएका थिए ।

पुष्पलको यो जवाफ अपरिपक्क छ । किनकी, उनलाई भूमिका पुरा चाहिएको थियो भने ‘छक्का पन्जा ३’ साइन नगरेको भए पनि हुन्थ्यो । पुरा भूमिका छ भनिदिदा कथा नै नपढी आँखा चिम्लिएर काम गर्न तयार हुने, अनी विशेष भूमिका हुँदा सुटिङ सुरु भएपछि कथा सुनाउनुपर्ने । यस्तो काम गराइले पुष्पलको करिअर उभो लाग्ला र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment