+
+
Shares

बर्षाको मुस्कान

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ३० गते १३:४०


नायिका बर्षा राउत साधारण फेसन गर्न रुचाउँछिन् । कार्यक्रममा पुग्दा उनको पहिरन भन्दा पनि उनको चुलबुलेपनाले बढी चर्चा पाउँछ । सायद, दर्शकलाई पनि उनको यही शैली मनपर्छ होला । बर्षा राउत चलचित्र क्षेत्रमा काम गर्न सजिली नायिकाको रुपमा चिनिन्छिन् । यही भएर होला, उनको हातमा चलचित्रको अभाव नै छैन । ठूला ब्यानरका सबै चलचित्रमा उनी नायिका छिन् ।

‘चौका दाउ, दाल भात तरकारी, जात्रै जात्रा’की नायिकालाई चलचित्रमा लिन निर्माता लागिपरेका छन् । बर्षा सोलो नायिकाको रुपमा पनि फिट छिन्, धेरै कलाकार भएका चलचित्रमा पनि फिट छिन् । सायद, यही भएर पनि होला छोटो समयमा नै चलचित्र क्षेत्रमा उनले एउटा लोभलाग्दो फड्को मारिसकेकी छिन् ।

तस्बिरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?