Comments Add Comment

३ वर्षपछि टीकापुर घटनाका अभियुक्तलाई अदालत लगियो

३० साउन, कैलाली । टीकापुर घटनाको तीन वर्षपछि अभियुक्तहरुलाई अदालत उपस्थित गराइएको छ ।

पुर्पक्षको लागि थुनामा रहेका अभियुक्तहरुलाई बुधबार जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको छ । यसअघि साउन २४ मा तोकिएको पेशी जिल्ला न्यायाधीश पर्शुराम भट्टराई अस्वस्थ भएपछि बुधबारका लागि सारिएको थियो ।

प्रतिवादीतर्फका कानुन व्यवसायी गंगाराम पाध्यायले बु्धबार नै मुद्दाको आवश्यक मिसिल तयार पार्ने र वादी तथा प्रतिवादीतर्फको प्रमाण बुझेर साक्षी बोलाउन आदेश जारी हुन सक्ने बताए ।

टीकापुरमा भएको थरुहट/थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा १ नाबालक सहित ७ प्रहरीको मृत्यु भएको थियो । त्यसको भोलिपल्टदेखि जारी गरिएको कफ्र्युको समयमा थारु समुदायको दर्जनौं घर, पसल, एफएमलगायतमा आगजनी भएको थियो ।

उक्त घटनामा २ नाबालक, सांसद रेशम चौधरीसहित २६ जनाविरुद्ध विभिन्न अभियोग छ । उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा चलाएको जिल्ला अदालत कैलालीले जनाएको छ ।

हाल काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागारमा रहेका प्रतिनिधि सभा सदस्य रेशम चौधरीको पेशी बिहीबार हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment