Comments Add Comment

श्रृष्टीसँग रोमान्टिक बने आर्यन, ‘बाँध मायाले’ गीत रिलिज


चलचित्र ‘बाँध मायाले’को रोमान्टिक गीत सार्वजनिक भएको छ । आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको शिर्ष गीत सार्वजनिक गरिएको हो । यो गीतमा चलचित्रका मुख्य कलाकार आर्यन अधिकारी र श्रृष्टी श्रेष्ठलाई फिचरिङ गरिएको छ । चलचित्रको प्रदर्शन मिति असोज ५ लाई तोकिएको छ ।

यो गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर, अर्जुन पोखरेलको शब्द तथा संगीत छ । संगीतकार पोखरेलले यो गीत आफ्ना लागि विशेष रहेको बताए । चलचित्रमा राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङको साथमा नव–कलाकार किशोर खड्काको मुख्य भूमिका छ । रामहरि धिताल र विभिषिका श्रेष्ठको लगानी रहेको चलचित्रका सह–निर्माता महेन्द्र अधिकारी र केदार धिताल हुन् ।

चलचित्रको निर्देशन सविर श्रेष्ठले गरेका हुन् । सविरले एउटा साधारण प्रेम कथामा उत्कृष्ट चलचित्र बनाएको दाबी गरे । चलचित्रमा बाबु श्रेष्ठको छायांकन, रोशन श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।
चलचित्रका मुख्य कलाकार आर्यन अधिकारीले लभ स्टोरी कथाको यो चलचित्रलाई दर्शकले मन पराउने विश्वास व्यक्त गरे । नायिका श्रृष्टी श्रेष्ठले यो चलचित्र आफ्नो लागि विशेष रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment