Comments Add Comment

आफ्नो डिभोर्स र दोस्रो बिहेबारे आमिर खानले पहिलोपटक मुख खोले

बलिउड अभिनेता आमिर खान आफ्नो निजी जीवनका कुराहरु मिडियामा ल्याउन रुचाउँदैनन् । विशेषगरी आफ्नो दाम्पत्य जीवनका विषयमा ।

सबैलाई थाहा छ कि आमिरको पहिलो बिहे असफल भएको थियो । रिनासँग बिहे गरेको १६ वर्षपछि उनले डिभोर्स गरेका थिए । त्यसको केही समयपछि उनले किरण रावसँग दोस्रो बिहे गरे । अहिले उनको दाम्पत्य जीवन राम्रै चलिरहेको छ ।

भारतीय मिडियासँग आफ्नो वैवाहिक जीवनबारे नबोलेका आमिरले हालै एक चिनीया पत्रकारसँगको अन्तरवार्तामा मुख खोलेका छन् । उनले आफ्नो पहिलो र दोस्रो श्रीमतीको विषयमा सम्भवतः पहिलोपटक मिडियामा टिप्पणी गरे ।

‘मेरो पहिलो श्रीमती रिना एकदम कठोर थिइन्,’ उनले भने, ‘उनको र मेरो शैली पटक्कै मिल्थेन । र, हामी समझदारीमै छुट्टयिौं ।’

डिभोर्सपछि उनले रिनालाई आफूले सम्मान गर्ने आमिर बताउँछन् ।

त्यसको केही समयमा उनको भेट किरणसँग भएको थियो, जतिबेला उनी एक्लोपनमा डुबिरहेका थिए । आमिरको फिल्म ‘लगान’ मा किरण सहायक निर्देशक थिइन् । त्यही क्रममा उनीहरुबीच मित्रता थियो ।

आमिरले सुनाए, ‘जतिबेला म एक्लोपनमा जलिरहेको थिएँ, मेरो जिन्दगीमा रिना आइन् । सुरुमा त मैले उनलाई राम्रो साथीको रुपमा मात्र लिएको थिएँ । तर, एक दिन उनले मलाई फोन गरिन् । हामीबीच धेरै कुरा सेयर भयो । करिब ४५ मिनेट कुरा गरिसकेपछि मलाई आफ्नो मन कता-कता खुशी र प्रफुल्लित भएको महसुस भयो । मलाई प्रेमको आभास भयो ।’

‘त्यसपछि हामीले डेट गर्न थाल्यौं । र, एक दिन मैले उनलाई विवाहको प्रस्ताव गरे । उनले स्वीकारिन् । यसरी हामीले विवाहमार्फत आफ्नो सम्वन्धलाई नयाँ नाम दियौं,’ आमिरले सुनाए ।

किरणको राम्रो पक्ष के लाग्छ भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘उनी एकदम सरल तर साहसी महिला हुन् । उनको यही गुणबाट म प्रभावित छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment