+

बार्सिलोनाको जितमा माल्कोमको गोल

२०७५ साउन  ३१ गते ९:१८ २०७५ साउन ३१ गते ९:१८
बार्सिलोनाको जितमा माल्कोमको गोल


३१ साउन, काठमाडौं । माल्कोमको गोलसँगै बार्सिलोनाले बोका जुनियरलाई हराएको छ र जोन ग्राम्पर ट्रफी जितेको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले अर्जेन्टिनी टोलीलाई ३–० गोल अन्तरले हराएको हो ।

खेलमा बार्सिलोनाले १८ औं मिनेटमा माल्कोमको गोलबाट अग्रता लिएको थियो । ब्राजिलियन विंगर माक्कोम ३६.५ मिलियन पाउण्डमा हालै मात्र बार्सिलोना आएका हुन् ।

३९ औं मिनेटमा लिओनल मेस्सीले गोल गरेपछि बार्सिलोना पहिलो हाफमा २–० ले अगाडि रह्यो । बोका जुनियरका सेवास्टियन भिल्लाको प्रहार पोष्टमा लागेर फर्किएको थियो भने नाल्डेजको प्रहार उम्टिटीले गोललाइनबाट क्लियर गरेका थिए ।

खेलको ६७ औं मिनेटमा राफिन्हाले गोल गरेपछि बार्सिलोना ३–० ले विजयी भएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय