Comments Add Comment

२ सय सर्पसँग बस्छन् यी व्यक्ति

विषालु सर्पको देख्दैमा मन डराउँछ । तर यो दुनियाँमा एकजना यस्ता मान्छे छन् जो २ सय विषालु सर्पको बीचमा बस्दछन् ।

भारतको छत्तिसगढस्थित बिलासपुर नजिकै रहेको पेड्राका बासिन्दा द्वारका कोलले २ सय सर्प पाल्नका लागि आफ्नो घरकै छेउँमा एउटा घर बनाएका छन् । उक्त झुपडीमा कोब्रा तथा करेटलगायतका खरतनाक सर्पहरु पालिएका छन् ।

पछिल्लो २१ वर्षमा उनले झण्डै ५ हजार सर्प पक्रिएका छन् । यद्यपि, सर्प समाउने काम उनको जिउ पाल्ने पेशा होइन । उनी शौख र सहयोगका लागि मात्र यो काम गर्दछन् । आफूले पक्रिएका सर्प उनले घरभित्र ल्याएर राख्दछन् । उनले पालेका कुनै पनि सर्पको उनले दाँत फुकालिदिएका छैनन् ।

यसबीचमा उनी सातपटक सर्पको डसाइमा परे । चारपटक त उनी मरेर बाँचे । सर्पको लामो सँगतले गर्दा उनी अहिले सर्पको विज्ञ नै बनेका छन् । यदि कसैलाई सर्पले डसेमा कुन जातको सर्पले डसेको हो, उनले पत्ता लगाइहाल्छन् । स्थानीय स्वास्थ्य चौकीमा यदि कोही सर्पदंशका विरामी उपचारका लागि आएमा डाक्टरहरुले डस्ने सर्पको पहिचान तथा विषको प्रकार थाहा पाउनका लागि उनलाई नै बोलाउँछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment