Comments Add Comment

पुनर्निर्माणको काम निर्धारित समयमै सम्पन्न गर्छुः सीइओ ज्ञवाली 

३१ साउन, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील ज्ञवालीले पुनर्निर्माणको ठोस कार्ययोजना बनाएर पूर्वनिर्धारित समयमै काम सम्पन्न गर्ने बताएका छन् ।

बिहीबार पदवहालीपछि आयोजित स्वागत कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विगतका कामको समीक्षा गरी नयाँ कार्ययोजना साथ अघि बढ्ने बताए ।

सुरुको चरणमा पुननिर्निर्माणको जग बसाल्ने काममा आफू र कर्मचारीहरु अहोरात्र खटेको स्मरण गर्दै सीइओ ज्ञवालीले भने,’ विगतका अनुभव र पाठका आधारमा पुनर्निर्माणमा देखा परेका समस्याहरुलाई समाधान गर्दै सबैसँग सहकार्य गरी अघि बढ्ने छौं ।’

उनले स्थानीय तहमार्फत् जनतालाई व्यापक परिचालन गरी आगामी वर्षलाई पुनर्निर्माणको अभूतपूर्व वर्ष बताए ।

कार्यकारी अधिकृत ज्ञवालीलाई प्राधिकरणमा स्वागत गर्दै प्राधिकरणका सचिव अर्जुनबहादुर कार्कीले आगामी वर्षभित्र निजी आवास पुनर्निर्माणको कामलाई सम्पन्न गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई कार्यसमिति सदस्य तथा कर्मचारीहरुले स्वागत गरेका थिए ।

२०७५ श्रावण २९ गते बसेको मन्त्रिपरिपरिषद्को बैठकले ज्ञवालीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment