Comments Add Comment

इतिहासकै क्रूर तानाशाह, जसलाई मान्छेको रगत नदेखी निद्रा लाग्दैनथ्यो

काठमाडौं । विश्वका इतिहास धेरै खूनी शासकहरुका कुकर्मले भरिएको छ । आफ्ना क्रूर महत्वाकांक्षा तथा अहंकारी इच्छाहरु पूरा गर्नका लागि ती कुख्यात शासकहरुले केही बाँकी राखेनन् ।

सनकी इच्छाहरु पूरा गर्ने बहानामा ती शासकका तरबारबाट धेरै निर्दोष मानिसका घाँटी छिनिएका कथाहरु इतिहासमा पढ्न पाइन्छ । यस्तैमध्येका एक तानाशाह हुन् व्लेड ड्राकुला ।

व्लेड रोमानियन साम्राज्यका राजा तानाशाह थिए । ओटोमन साम्राज्य तथा टर्की साम्राज्यसँगको युद्धमा उनले ठूलो संख्यामा महिला तथा बालबालिकाको बर्बरतापूर्वक हत्या गरको इतिहास छ । उनले नवजात शिशुसम्म पनि छाडेनन् ।

ती सम्राटको रुप पनि भयंकर थियो । डरलाग्दो अनुहार, ठूला ठूला दाँत साँच्चीकै मानिसको रगत पिउने राक्षस जस्ता । उनको साम्राज्यका मानिस तथा अन्य साम्राज्यका शासकहरु पनि उनको नामदेखि डराउँथे ।

उनलाई मानिसको रगतप्रति अचम्मको आशक्ति थियो । उनी मानिसहरुलाई खुल्ला ठाउँमा सुत्न लगाएर त्यसमाथि घोडा दौडाई मानिसहरुको हत्या गर्दथे र रगतको खोला बगाएर मज्जा लिन्थे । हरेक बेलुका मानिसको रगत नबगाएसम्म उनलाई रातमा निद्रा लाग्दैनथ्यो भनिन्छ ।

द इम्पलरको नामबाट समेत चर्चित ती शासकलाई विश्वका सबैभन्दा ठूला हत्यारा पनि भनिन्छ । उनले भ्यालेन्सिया राज्यका झण्डै एक लाख मानिसलाई यातना दिएर मारेका थिए, त्यो बेला ।

सन् १४७६ मा यी तानाशाहको मृत्यु भएको थियो । उनको मृत्युमा सर्वसाधारणहरुले ठूलो उत्सव मनाए ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment