+
+

‘मिस्टर भर्जिन’को व्यापार मल्टिप्लेक्समा सुखद

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ३ गते ११:५५


शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘मिस्टर भर्जिन’ले मल्टिप्लेक्स हलहरुमा सुखद व्यापार गरेको छ । शनिबार चलचित्रको व्यापार राम्रो रहेको निर्माणपक्षले बताएको छ । सिंगल हलमा खासै नचम्किएको यो चलचित्रलाई मल्टिप्लेक्समा दर्शकले साथ दिएका छन् । शनिबारको व्यापारले यसको निर्माणपक्ष उत्साहित छ । तर, आजदेखिको व्यापारले नै यसको लाइफ टाइम कलेक्शन कति हुन्छ भन्ने अड्कल लगाउन सकिन्छ ।

३ यूवाहरुको कथामा निर्माण भएको यो चलचित्रलाई नेपालकै पहिलो सेक्स कमेडी चलचित्रको रुपमा हेरिएको छ । शनिबार यो चलचित्रका मुखय कलाकार गौरव पहारि, श्रृजना सुब्बा हलमा पुगेर दर्शकको प्रतिक्रिया लिएका थिए । विशारद बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्रले मिश्रति प्रतिक्रिया पाएको छ ।

चलचित्रमा गौरव पहारि, कमलमणि नेपाल, बिजय बराल, मरिष्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?