Comments Add Comment

महाभारतका रहस्यमयी महिला

महाभारत विचित्र ग्रन्थ हो । यो महाकाव्यमा पात्रहरुको अनौठो संयोजन एवं विशेषता पाइन्छ । जहाा  संजय, सहदेव, भीम, अश्वत्थामा, बर्बरीक, घटोत्कचजस्ता थुप्रै चमत्कारिक एवं रहस्यमयी पुरुष पात्र छन् भने  त्यस्ता चमत्कारिक विशेषतायुक्त महिलाहरु पनि छन् जसको शक्तिका विषयमा महाभारतले मुक्तकण्ठले प्रशंसा गरेको छ । आफूमा निहित शक्तिका कारण प्रसिद्ध हुन सफल केही त्यस्ता महिला पात्रका विषयमा यहाा संक्षिप्त जानकारी दिने प्रयास गरिएको छ ।

गंगा

ब्रह्माको श्रापका कारण शान्तनु र गंगाले मनुष्य योनिमां जन्म लिनुपरेको थियो । पृथ्वीमा जन्म लिएपछि वयस्क उमेरमा यी दुईको भेट भयो । गंगाले शान्तनुसाग विवाह गर्नका लागि एक शर्त राखिन् । उनले भनिन्,र् म तपाईंसाग विवाह त गर्छु तर मैले जे गरे पनि के गरेको भनेर कहिल्यै सोध्न पाउनुहुन्न, जब सोध्नुहुन्छ म तुरुन्तै तपाईंलाई छाडेर स्वर्ग जानेछु ।’ शान्तनुले शर्त मन्जुर गरे ।

गंगा र शान्तनुबाट जब छोराको जन्म हुन्थ्यो अनि गंगा तिनीहरुलाई तुरुन्तै नदीमा लगेर बगाइदिन्थिन् । शर्तमा बााधिएका कारण शान्तनु केही गर्न सक्दैनथे । जब गंगाले आठौं छोरोलाई पनि नदीमा बगाइदिन लागिन्, शान्तनु शर्तमा बााधिएर रहन सकेनन् । उनले गंगालाई त्यसो गर्न रोकेर सोधे, तिमीले किन यसो गरिरहेकी छ्यौ ? शर्तभंग भइसकेपछि गंगाले भनिन् कि यी आठ पुत्रहरु अष्ट वसु हुन् जो ऋषि वशिष्ठको श्रापका कारण मानव योनिमा जन्मिएका हुन् । सातजनाले जन्म लिनेबित्तिकै मत्र्यलोक छाड्ने अनुग्रह पाएका थिए तर यो आठौं पुत्रले जीवनपर्यन्त मानव दुःख भोग्नुपर्नेछ । त्यसैले यो छोरो मारिनेछैन, अहिले यो सानो छ र यसलाई आमाको खााचो छ । यो ठूलो भएपछि म तपाईंलाई नै फिर्ता गरिदिन्छु । यति भनेर गंगा अलप भइन् । गंगा र शान्तनुका यही आठौं पुत्र पछि गए भीष्म पितामहका नामले प्रसिद्ध भए ।

सत्यवती

गंंगापछि राजा शान्तनुकी दोस्री पत्नी थिइन् सत्यवती । सत्यवतीको शरीरबाट माछाको गन्ध आउाथ्यो त्यसैले यिनलाई मत्स्यगन्धा भनिन्थ्यो । पछि ऋषि पराशरले यिनलाई शरीरबाट एक योजनसम्म बास्ना आउने योजनगन्धा बनाइदिए । पराशर ऋषिले नै यिनलाई सदैव कुमारी रहिरहने वरदान दिएका थिए । पराशर र सत्यवतीबाट वेदव्यासको जन्म भएको थियो । भनिन्छ, सत्यवती नै  हस्तिनापुरको गद्दीबाट कुरुवंश नष्ट हुनुको एक प्रमुख कारण थिइन् ।

गान्धारी

धृतराष्ट्रसाग विवाह भएपछि आाखामा पट्टी बााधेकी गान्धारीको आाखामा अद्भुत शक्ति थियो । गान्धारीले आफ्नो शक्तिको बलमा दुर्योधनको शरीरलाई वज्र समान बलियो बनाइदिएकी थिइन् । तर श्रीकृष्णको चतुरताकका कारण दुर्योधनको तिघ्रा कमजोर बनेको थियो । श्रीकृष्णले आमाका अगाडि नांगो भएर जानु हुादैन भनी कम्मरदेखि तिघ्रासम्म छोप्न लगाएका थिए ।  गान्धारीले यो सबै कृष्णले नै गराएका हुन् भन्ने बुझिन् । उनी श्रीकृष्णकै कारण महाभारत युद्ध भएको हो र उनैका कारण आफ्ना सबै पुत्रहरु मरेका हुन् भन्ने ठान्थिन् । यसै कारण गान्धारीले श्रीकृष्णलाई उनको सम्पूर्ण कुल नाश भएर जाऊन् भनी श्राप दिएकी थिइन् ।

कुन्ती

कुन्ती वसुदेवकी बहिनी तथा श्रीकृष्णकी फुपू थिइन् । उनको बाल्यकालको नाम पृथा थियो । उनलाई आफ्नो सन्तान नभएका कारण सानैदेखि कुन्तिभोज राजाले पालेका थिए । त्यसैले उनको नाम कुन्ती भएको थियो ।  कुन्तीले ऋषि दुर्वासाबाट कुनै पनि देवतालाई बोलाएर नियोगद्वारा सन्तान जन्माउन सक्ने वरदान पाएकी थिइन् । यही विद्याका कारण कुन्ती विवाहअघि नै सूर्यबाट कर्णलाई जन्म दिएकी थिइन् भने विवाहपछि पति पाण्डुकै सहमतिमा धर्मराजबाट युधिष्ठिर, वायुबाट भीम तथा इन्द्रबाट अर्जुन जन्माइन् । कुन्तीले यो विद्या पाण्डुकी दोस्री श्रीमती माद्रीलाई पनि सिकाइदिइन् । फलस्वरुप  माऽीले अश्विनीकुमारलाई बोलाएर नकुल र सहदेव नामका दुई भाइ छोरा जन्माइन् ।

द्रौपदी

द्रौपदीको जन्म यज्ञबाट भएको थियो । उनी अयोनिजा हुन् । यज्ञबाट जन्मिएका कारण यिनलाई याज्ञसेनी पनि भनिन्छ । द्रौपदीलाई पञ्चकन्यामध्यै एक मानिन्छ । पुराणानुसार पााचजना महिला त्यस्ता छन् जो विवाहिता भएर पनि कन्या नै रहे अर्थात् जसलाई कन्यासमान नै पवित्र मानिन्छ । पञ्चकन्या हुन्, अहिल्या, द्रौपदी, कुन्ती, तारा र मन्दोदरी ।

भानुमती

दुर्योधनकी पत्नी भानुमती युद्ध कला, शतरञ्ज एवं कुस्ती खेलमा पारंगत थिइन् । भनिन्छ, एकपटक उनले कुस्तीमा दुर्योधनलाई समेत पछारेकी थिइन् ।  भानुमती अत्यन्त सुन्दर, आकर्षक, तेज बुद्धि एवं अत्यन्त बलिष्ठ शरीर भएकी थिइन् । दुर्योधनले कर्णको सहायतामा बलपूर्वक भानुमतीसाग विवाह गरेका थिए ।

सत्यभामा

सत्राजितकी पुत्री सत्यभामा भगवान श्रीकृष्णकी पत्नी थिइन् । सत्यभामा अत्यन्त सुन्दर थिइन्, उनले देवमाता अदितिबाट चिरयौवनको वरदान प्राप्त गरेकी थिइन् । उनी राजकार्य एवं राजनीतिमा रुचि लिन्थिन् । कृष्णले नरकासुरसागको युद्ध सत्यभामाकै सहयोगमा लडेका थिए । सत्यभामाकै कारण पृथ्वीमा पारिजातको रुख पाइन्छ किनभने श्रीकृष्णले सत्यभामाकै आग्रहमा पारिजातलाई स्वर्गबाट पृथ्वीमा ल्याएका थिए ।

हिडिम्बा

राक्षस जातिकी हिडिम्बाले जब भीमसेनलाई देखिन्, पहिलो नजरमै प्रेम गर्न थालिन् । दाजु हिडिम्बले जसलाई मारेर ल्याउन लगाएका थिए उसैसाग प्रेम बसेपछि हिडिम्बा आफ्नो मायाले सुन्दर शरीर धारण गरी भीमका अगाडि गइन् । यो देखेर हिडिम्ब रिसले आगो भयो । युद्धमा भीमले हिडिम्बलाई मारिदिए । भीम र हिडिम्बाको विवाह भयो, विवाहपछि हिडिम्बा आफ्नो वास्तविक स्वरुपमा आइन् । हिडिम्बा र भीमको पुत्र घटोत्कच थियो जो अत्यन्त बलबान् थियो । घटोत्कचको पुत्र बर्बरीक थियो जो एक्लैले महाभारतका सम्पूर्ण योद्धालाई एउटै वाणले मार्नसक्ने सामथ्र्य राख्थ्यो । बर्बरिक कृष्णको छलले मारियो भने घटोत्कच द्रौपदीको श्रापका कारण महाभारत युद्धमा कर्णको हातबाट मारियो ।

उलूपी

अर्जुनकी पत्नी उलूपी मायावी शक्तिसम्पन्न महिला थिइन् । उलूपी नागकन्या थिइन् । उलूपीले नै  अर्जुनलाई जलमा हानिरहित रहनसक्ने वरदान दिएकी थिइन् । यसका साथै उनले चित्रांगदा र अर्जुनका पुत्र वभ्रुवाहनलाई युद्धशिक्षा दिएकी थिइन् । महाभारत युद्धमा भीष्म पितामहलाई मारेका कारण श्रापित अर्जुनलाई उलूपीले  वभ्रुवाहनको हातबाट मराई पुनः जीवित तथा श्रापमुक्त बनाएकी थिइन् ।

जाम्बवती

श्रीकृष्णकी पत्नी जाम्बवती ऋक्षराज जाम्बवान्की पुत्री थिइन् । जाम्बवान् ब्रह्माका पुत्र तथा रामायाण कालका एक प्रमुख योद्धा थिए जो भालु जातिका थिए । जाम्बवतीका पुत्र साम्बका कारण श्रीकृष्णको यादव कुलको समूल विनाश भएको थियो ।

उर्वशी

उर्वशी इन्ऽको दरबारकी एक अत्यन्त सुन्दरी अप्सरा थिइन् । अर्जुन दिव्यास्त्रप्राप्तिका लागि स्वर्ग भएका समयमा उनलाई देख्दा उर्वशी कामान्ध भइन् र अर्जुनसाग प्रणय निवेदन गर्न थालिन् । तर अर्जुनले उनलाई माता मानेको भन्दै प्रणय निवेदन अस्वीकार गरे । यसबाट उनी अत्यन्त क्रोधित भइन् र अर्जुनलाई नपुंसक हुने श्राप दिइन् । पछि इन्द्रको आग्रहमा यो श्राप एक वर्ष आफूले चाहेको समयमा भोग्न पाउने गरी सहुलियतपूर्ण बनाइयो । यही श्रापका कारण अर्जुन एक वर्षसम्म विराट राजाको दरबारमा नपुंसक भएर बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment