News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत नेपालले यूएईसँग दोस्रो ओडिआई खेल खेल्दै छ।
- नेपाल लिग २ मा १७ खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ भने यूएई १७ खेलमा ६ अंकसहित पुछारमा छ।
- नेपाल र यूएई पहिलो खेलमा अमेरिकासँग पराजित भएका थिए।
१३ कात्तिक, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले आज यूएईसँग खेल्दै छ ।
दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार विहान सवा ११ बजेदेखि सुरु हुनेछ ।
जारी शृंखलामा दुवै टोली आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भएका थिए । नेपालले १०६ रनको लज्जास्पद हार बेहोरेको थियो भने यूएई ४ विकेटले पराजित भएको थियो । दुवै टोली शृंखलामा पहिलो जितको खोजीमा हुनेछन् ।
यूएईसँग नेपालले हालसम्म १५ पटक ओडिआईमा खेलेको छ । नेपाल ९ खेलमा विजयी हुँदा यूएईले ६ खेल जितेको छ ।
लिग २ को तालिकामा हाल अमेरिका २२ खेलमा ३२ अंक जोडेर शीर्ष स्थानमा छ । स्कटल्याण्ड ३० अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै १७ खेलमा १२ अंक जोडेर नेपाल सातौं स्थानमा छ भने १७ खेलमा ६ अंकसहित यूएई पुछारमा छ ।
प्रतिक्रिया 4