News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिका विरुद्धको खेलमा १०६ रनले पराजित भएको छ ।
- दुबईमा भएको खेलमा अमेरिकाले दिएकव २६३ रनको लक्ष्य पछ्याएको नेपाल १५६ रनमा अलआउट भयो ।
- अमेरिकी स्पीनर हर्मित सिंह एक्लैले ६ विकेट लिएपछि नेपाली इनिङ्स धरासयी बनेको थियो ।
९ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिका विरुद्धको खेलमा नेपाल पराजित भएको छ ।
लिग टु को १५औं सिरिज अन्तर्गत युएईको दुबईमा भएको पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको हो ।
नेपाललाई हराएपछि २१ खेलबाट ३० अंक जोडे अमेरिका स्कटल्याण्डलाई रनरेटमा पछि पार्दै लिग टु को शीर्ष स्थानमा उक्लेको छ । नेपाल १७ खेलबाट १२ अंकसहित सातौं स्थानमा छ ।
स्पीनर हर्मित सिंहले सानदार बलिङ गर्दै ६ विकेट लिएपछि अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९.१ ओभरमा १५६ अलआउट भयो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रन बनाए भने आसिफ शेखले ३७ तथा भिम शार्कीले २९ रन जोडे । आरिफ शेखले २० रन बनाए ।
नेपाललाई हलआउट गर्न अमेरिकाका हर्मित सिंहले ८.१ ओभरमा १ मेडन राख्दै २७ रन खर्चेर ६ विकेट लिए ।
त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनाएको थियो ।
अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ७५ रन बनाए । १०० बल खेलेका पटेलले ९ चौका प्रहार गरे ।
यस्तै मिलिन्द कुमारले ५० बल खेल्दै ६ चौका र २ छक्का मद्तमा अविजित ७० रन बनाए ।
साइतेजा मुक्काकालाले ५८ बल खेल्दै ३ चौका र १ छक्काको मदतमा ४२ रन योगदान गरे ।
४८ रनमा २ विकेट गुमाएको अमेरिकाका लागि स्मित पटेलल र साइतेजाले तेस्रो विकेटका लागि ९५ रनको महत्वपुर्ण साझेदारी गरेको थिए । यी दु२ ब्या६र क्रिजमा हुँदा अमेरिकाले ठुलो स्कोर बनाउने संकेत देखाएको थियो ।
तर स्मित पटेल ३३औं ओभरमा रनआउट हुनु र साइतेजा ३५औं ओभरमा आउट भएपछि अमेरिका दबाबमा परेको थियो ।
तर मिलिन्द कुमारले उत्कृष्ट ब्याटिङ गर्दै टिमका लागि राम्रो स्कवर बनाउन सहयोग गरे ।
अमेरिकाले अन्तिम दुई ओभरमा ३२ रन जोडेको थियो ।
बलिङमा नेपालका लागि सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।
तस्बीर : क्यान
प्रतिक्रिया 4