Comments Add Comment

कालीमाटीमा विभागको अनुगमन, दुई ट्रक नियन्त्रणमा

कालीमाटी तरकारी बजार

४ भदौ, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले कालीमाटी तरकारी बजारबाट दुई ट्रक नियन्त्रणमा लिएको छ ।

उपत्यका बाहिरबाट फर्सी र काक्रो लिएर आएका दुई ट्रकसँग बिलविजकलगायतका कागजात नभेटिएपछि विभागको अनुगमन टोलीले सोमबार बिहान नियन्त्रणमा लिएको हो ।

केन्द्रीय अनुगमन समितिका सदस्य माधव तिमिल्सिनाले बिलबिजक बिनै सामान ल्याएका दुई ट्रकलाई नियन्त्रणमा लिएको जानकारी दिए । तिमिल्सिनाका अनुसार, गाडी नियन्त्रणमा राखेर यसबारे अनुसन्धान भइरहेको छ ।

विभागको टोली सोमबार बिहान ३ बजे अनुगमनका लागि कालीमाटी पुगको थियो । सोक्रममा उसले अन्य पसल तथा सवारीहरुको पनि अनुगमन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment