Comments Add Comment

मलेसियामा कुटाकुट गर्ने ६ नेपाली पक्राउ, एक जना गम्भीर घाइते

४ भदौ, काठमाडौं । मलेसियामा कुटाकुट गरेको आरोपमा ६ जना नेपाली पक्राउ परेका छन् । कम्पनीको आवासगृहमा  कार्यरत नेपालीहरु कुटाकुट गर्दा एक जनाको टाउकोमा गम्भीर चोट लागेको छ ।

आइतबार राति सवा ११ बजे १८ देखि ४० वर्षसम्मका ६ नेपाली पक्राउ परेका हुन् । प्रहरीले बेलुका पौने ८ बजे नेपाली कामदारहरु झगडा गरेको सूचना पाएको थियो । त्यसमध्ये ३८ वर्षका एक जना टाउकोमा गम्भीर चोट लागेको अवस्थामा भेटिएका थिए’ प्रहरीले भनेको छ ।

उनीहरुले रक्सी पिएर झगडा गरेको प्रहरीको अनुमान छ । घाइतेको अवस्था हेर्दा उसले आक्रमण गरेको थिएन । एक जना शंकास्पद व्यक्तिले चक्कु बोकेको थियो । घाइते भुइँमा पछारिएको थियो’ नुरजानीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment