Comments Add Comment

विपिनको ३५ औं जन्मदिनमा बर्षाको सरप्राइज केक


नायक विपिन कार्कीले आफ्नो ३५ औं जन्मदिन चलचित्र ‘गोपी’को छायांकन सेटमा मनाएका छन् । चलचित्रकी नायिका बर्षा राउतले उनलाई सरप्राइज दिदै केक काट्ने व्यवस्था मिलाएकी थिइन् । बर्षाले विपिनसँग चलचित्र ‘जात्रा’ खेलेपछि उनको जन्मदिनमा केक काट्दै आएकी छिन् ।

विपिनले पनि आफ्नो जन्मदिनमा सरप्राइज दिदै बर्षाले केकको व्यवस्था गरेको भन्दै धन्यवाद दिएका थिए । उनले केक काटेर बर्षालाई नै खुवाए । कार्कीले आफ्नो जन्मदिनमा भने-‘चलचित्र क्षेत्रमा लागेपछि शुभकामना बढी आउन थालेका छन् । जन्मदिनको दिनमा म त्यस्तो विशेष त केही पनि गर्दिनँ । तर, आफूले गरिरहेको काम अझै राम्रो गरौ भन्ने लाग्छ ।’

विपिनले जन्मदिनको अवसरमा कुनै संकल्प नलिएको समेत सुनाए । उनलाई पहिलो बर्थ डे विस उनकी श्रीमतिले गरेकी थिइन् भने फोनबाट नायिका राउतले गरेकी थिइन् । बर्षाले आफू र विपिनको सम्बन्ध फिल्मी दुनियाँको मात्र नभएको बताइन् । उनले, आफूले धेरै कुराहरु विपिनलाई शेयर गर्ने समेत गरेको खुलाइन् ।

निर्देशक दिपेन्द्र लामाको निर्देशनमा तयार भैरहेको यो चलचित्रमा सुरक्षा पन्तको पनि मुख्य भूमिका छ, तर उनी कार्कीको जन्मदिनको सेलिव्रेसनमा उपस्थित भने थिइनन् । चलचित्रका लेखक सामिप्यराज तिमिल्सिना, कार्यकारी निर्माता श्रीधर पौडेलले विपिन जस्तो कलाकार यो चलचित्रमा जोडिनु आफूहरुका लागि सुखद कुरा भएको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment