Comments Add Comment

विराटनगरको ३२ घरमा सुरु भयो पाइपबाट ग्यास वितरण

५ भदौ, विराटनगर । नमुना परियोजनाको रुपमा निर्मित नोपालको पहिलो वैकल्पिक उर्जा (वायोग्यास) पाइपलाइन मंगलबारदेखि शुरुवात भएको छ ।

विराटनगर महानगरपालिका १४ मा निर्मित पाइपलाइनबाट स्थानीयको घरघरमा वायोग्यास पुर्‍याउने परियोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री ओलीले कार्यक्रम स्थलमा रहेको पाइपलाइनको ग्यास चुलोको वटम खोलेर ग्यास आपूर्तिको शुरुवात गरेका हुन् । प्रधानमन्त्री ओलीलेे एलीपीजी ग्यास सिलिन्डर विदाइ कार्यक्रम सुरु भएको बताए ।

उनले पाइपबाट ग्यास घर घरमा पुर्‍याउने कुरा सम्भव रहेको भन्दै त्यसको उदाहरण विराटनगरबाट शुरुवात भएको बताए ।

यस्तै परियोजना कास्की, स्याङ्जालगायतका जिल्लामा पनि सञ्चालित रहेको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले यस्ता क्षेत्रमा लगानी गर्न उद्योगीहरुलाई आह्वानसमेत गरे ।

प्रधानमन्त्री ओलीले उद्घाटन गरेसँगै औपचारिक रुपमा मंगलबारदेखि स्थानीय ३२ घरमा पाइपलाइनमार्फत गोवरबाट उत्पादन भएको ग्यास स्थानीयको चुलोमा बल्नेछ । थप ४५ घरमा पनि चाडै पाइपलाइनमार्फत ग्यास वितरण गर्ने योजना रहेको छ ।

उर्जामन्त्री बर्षमान पुनले विराटनगरबाट शुरु भएको पाइपलाइनबाट ग्यास वितरण हुनुले मुलुक आत्मनिर्भरतर्फ अगाडि बढेको संकेत गरेको बताए ।

उनले भने ‘यस्ता किसिमका ३ सय बढी मझौला परियोजना मुलुकका विभिन्न स्थानमा सञ्चालनमा छन्, यस्ता परियोजनाले ग्यासको परनिरर्भता कमी ल्याउनेमा सहयोग हुनेछ ।’

श्रीकृष्ण गौ सेवा सदनमा २०० घनमिटर क्षमताको बायो ग्यास उत्पादनको काम अन्तिम चरणमा पुगेपछि नेपालमा पाइपलाइनबाट भान्सामा ग्यास पुर्‍याउन थालिएको हो ।

२०४४ सालमा स्थापना भएको सामुदायिक स्तरको श्रीकृष्ण गौ सेवा सदनले २ सय १५ वटा गाइको गोवरबाट ग्यास उत्पादन गरेको छ ।

विश्व बैंकको ८५ लाख रुपैयाँ आर्थिक सहयोग तथा वैकल्पिक उर्जा प्रवर्द्धन केन्ऽको समन्वयमा तयार पाइप ग्यासले पहिलो चरणमा ४ सय मिटर पाइप ओछ्याएर ३२ घरमा ग्यास वितरण गरेको गौ सेवा सदनका अध्यक्ष शंकरलाल अग्रवालले जानकारी दिए ।

उपभोक्ताको घरघरमा ग्यास चुल्हो बालेर ५ दिन परीक्षण गरेपछि साउन २० गते रातिदेखि नियमित आपुर्ति गरिरहेको उनको भनाइ छ ।

सुरुमा ८४ लाख रुपैयाँमा निर्माण थालेको प्लाण्टको निर्माण लागत भने बढेर १ करोड २५ लाख पुगेको छ ।

शुरुमा लागत मूल्यको २० प्रतिशत १६ लाख रुपैयाँ गौ सेवा सदनले चन्दा संकलन गरेर बैंक खातामा जम्मा गरेको थियो । तर, पछि प्रधानमन्त्री ओलीको पाइपबाट घरघरमा ग्यास पुर्‍याउने सपना पूरा गर्ने उद्देश्यले वायोग्यास सहयोग कार्यक्रम अन्तर्गत सरकारले वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रमार्फत २० प्रतिशत लागत सहभागिता ४० लाख उपलब्ध गराइदिएको छ ।

उद्घाटन कार्यक्रमअघि प्रधानमन्त्री मन्त्रीसहितको टोलीले ग्यास प्लानट, पाइपलाइन विस्तार र गौशालको अवलोकन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment