+
+
Shares

विवादपछि पूजा र निकिताको भेट, के भयो कुरा ?

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ६ गते १२:२८


नायिका पूजा शर्माले निर्माण तथा अभिनय गरेको चलचित्र ‘रामकहानी’ र गोपिकृष्ण मुभिजको ब्यानरमा बनेको चलचित्र ‘रोजी’ एकसाथ जुध्ने भएपछि यसले गसिप बजारलाई तताएको छ । यहीविचमा नायिका शर्माले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई फेसबुकमा एउटा पत्र लेख्दै उनकै कारणले चलचित्र ‘रोजी’ आफ्नो चलचित्रसँग भदौ २२ गते रिलिज हुन लागेको आरोप लगाएकी थिइन् । पूजाले निकिताले चलचित्र जुधाउन योजना बनाएको र त्यसको प्रमाण आफूसँग भएको समेत उल्लेख गरेकी थिइन् ।

निकिताले भने पूजाले आफूसँग एकपटक पनि यो बिषयमा कुरा नगरेर स्टाटस लेखेको भन्दै चित्त दुखाएकी थिइन् । तर, अब नायिका शर्मा र चलचित्र विकास बोर्डकी अध्यक्ष एवं गोपिकृष्ण मुभिजकी पूर्व अध्यक्ष निकिता पौडेलविच कुराकानी भएको छ ।

दुई चलचित्रकर्मीले एकसाथ भेटेर आफूहरु विच भएको असमझदारी हटाउने काम गरेको उल्लेख गरेका छन् । नायिका शर्माले, निकिता पौडेलसँग भेट गरेपछि सबै असमझदारी हटेको र उनीप्रति आफ्नो सम्मान अझै बढेको उल्लेख गरेकी छिन् । निकिताले कुराकानीमा आफूले चलचित्र जुधाउन कुनै खेल नखेलेको बताएकी थिइन् ।

नायिका शर्माले भनिन्-‘हामीविच सबै कन्फ्यूजन हटाउने काम भयो । यसले मलाई सकारात्मक भाव उत्पन्न भएको छ ।’ भदौ २२ गते रिलिज हुन लागेको चलचित्र ‘रामकहानी’को प्रमोशनमा अब आफू पूर्ण रुपमा केन्दि्रत हुने पूजाले बताइन् । उनीहरुको भेटको वातावरण कलाकार अनुराग कुँवरले मिलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?