+
+
Shares

रामेछापमा पुननिर्माण प्रभावकारी नभएको नागरिक अगुवाको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ६ गते १६:२५

६ भदौ, रामेछाप । भूकम्पपछिको पुननिर्माण आशातीत रुपमा अघि नबढेको भन्दै रामेछापको नागरिक अगुवाले गुनासो गरेका छन् ।

मानवअधिकार संरक्षण सञ्जाल (शिक्षा सञ्जाल) रामेछापको बुधबार मन्थलीमा भएको छलफलमा उनीहरुले सो गुनासो गरेका हुन् ।

रामेछाप जिल्लामा भूकम्प पछिको निजी आवास, शिक्षण संस्था तथा स्वास्थ्य संस्थाहरुको पुननिर्माणको अवस्थाको बारेमा छलफल गर्न बसेको बैठकमा जिल्लामा भारतीय दूतावासले निर्माणको बचन दिएको १० वटा विद्यालयहरुको निर्माणको काम नै सुरु नभएकोमा नागरिक अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् ।

यस्तै अन्य दातृ निकाय तथा नेपाल सरकारकै तर्फबाट निर्माण भइरहेका विद्यालयहरुको निर्माण पनि सम्पन्न नहुँदा पठनपाठन प्रभावित भएको बैठकका सहभागीले बताए ।

बैठकले यस विषयमा रामेछापबाट प्रतिनिधित्व गर्ने प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेललाई ध्यानाकर्षणपत्र बुझाउने समेत निर्णय गरेको छ ।

सुरक्षित वातावारणमा पढ्न पाउने बालबालिकाको मौलिक हकको संरक्षणको लागि पहल गरिदिन मन्त्रीको ध्यानाकषर्ण गर्ने निर्णय भएको मानवअधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईंले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?