Comments Add Comment

एसियाली खेलकुद : प्याराग्लाइडिङमा आठौं भए विजय


७ भदौ, काठमाडौं । प्याराग्लाइडिङको पुरुष व्यक्तिगत एकुरेसीमा नेपालका विजय गौतम आठौं भएका छन् । नेपालकै सुशील गुरुङ २४ औं भए ।

१० चरणको यो स्पर्धामा ३३ खेलाडीले सहभागिता जनाएका थिए । इन्डोनेसिया पहिलो, थाइल्यान्ड दोश्रो तथा दक्षिण कोरिया तेश्रो भए । तेस्रो चरणसम्मको खेल हुँदा विजय दोस्रो स्थानमा रहेका थिए ।

पहिलो चरणमा विजय १४ औं र सुशील २५ औं, दोस्रो चरणमा विजय तेस्रो र सुशील २५ औं, तेस्रो चरणमा विजय दोस्रो र सुशील २४ औं, चौथो चरणमा विजय १२ औं र सुशील २७ औं, पाँचौं चरणमा विजय १४ औं र सुशील २५ औं स्थानमा थिए ।

यस्तै छैठौं चरणमा विजय १५ औं र सुशील २७ औं, सातौं चरणमा विजय ११ औं र सुशील २४ औं, आठौं चरणमा विजय नवौं र सुशील २२ औं स्थानमा र नवौं चरणमा विजय आठौं र सुशील २५ औं स्थानमा थिए ।

सोही स्पर्धाको महिलामा नेपालकी तृषा श्रेष्ठ बमजन तामाङ १४ औं र प्रतिभा भुजेल १५ औं स्थानमा रहे । १० चरणकै यो इभेन्टमा १८ खेलाडीले भाग लिएका थिए ।

महिलामा थाइल्यान्डले स्वर्ण, दक्षिण कोरियाले रजत र आयोजक इन्डोनेसियाले कास्य जिते । शुक्रबारबाट प्याराग्लाइडिङमा क्रस कन्ट्री स्पर्धाका खेलहरु सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment