Comments Add Comment

दीपाको जन्मदिनमा प्रियंकाको यस्तो प्रेम


निर्देशक तथा कलाकार दीपाश्री निरौलाले आफ्नो जन्मदिन मनाएकी छिन् । उनले, आज रेडियो अडियोले आयोजना गरेको विशेष कार्यक्रममा आफ्नो जन्मदिन मनाएकी हुन् । दीपाको जन्मदिनको अवसरमा उनलाई शुभकामना दिनका लागि नायिका प्रियंका कार्की, कलाकारहरु केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल लगायत उपस्थित थिए ।

काठमाण्डौ बाहिर रहेकाले पनि कलाकार तथा निर्माता दिपकराज गिरी भने वर्थ डे सेलिव्रेशनमा उपस्थित भएनन् । जन्मदिनको अवसरमा केक काट्दै निर्देशक निरौलाले आफूले जीवनमा सबैथोक पाएको बताइन् । उनले, यति धेरै प्रेम पाउँदा खुशीले रुन मन लागेको समेत सुनाइन् । दिपाले चलचित्र क्षेत्रमा अझै धेरै काम गर्ने समेत बताइन् ।

यस्तै, नायिका प्रियंका कार्कीले दिपाश्री धेरै महिलाहरुका लागि रोल मोडल भएको समेत उल्लेख गरिन् । शुभकामना दिदै कलाकार केदार घिमिरेले दिपाश्रीको बारेमा भन्ने कुनै शब्द नभएको उल्लेख गरे । यस्तै, कलाकार जितु नेपालले पनि दिपाको जीवनबाट धेरैले प्रेरणा लिन सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment