Comments Add Comment

‘रोज’को ट्रेलर सार्वजनिक, प्रदिपको क्रिमिनल लुक्स


गोपीकृष्ण मुभिजको निर्माण र आरोही इन्टरटेन्मेन्टको सहकार्यमा तयार भएको चलचित्र ‘रोज’को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको प्रेम, क्राइम र थ्रिलरले भरिएको ट्रेलर रिलिज गरिएको हो ।

निरक पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रमा नायक प्रदिप खड्का, नायिकाद्धय परमिता आर एल राणा र मिरुना मगरको मुख्य भूमिका छ । आफ्नी प्रेमिकाको हत्या गरेको एक प्रेमीको जीवनको कथालाई यो चलचित्रले उठान गरेको छ । चलचित्रको ट्रेलरमा एउटा प्रेमी र उसका अनेक रुपको कथालाई देखाइएको छ ।

नायक प्रदिप खड्काले ‘रोज’ दर्शकले आफूलाई हेरिरहेको भूमिका भन्दा भिन्न कथामा निर्माण भएको बताए । उनले, यसमा आफूले प्रेमिकाको हत्या गरेतापनि दर्शकले आफूलाई रुचाउने विश्वास व्यक्त गरे । निर्देशक निरक पौडेलले ‘रोज’को कथावस्तु कुनै पनि व्यक्तिको वास्तविक जीवनसँग मेल नखाने समेत स्पष्ट पारे । भदौ २२ गते रिलिज हुने चलचित्रलाई लिएर दर्शकमा उत्साह थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment