Comments Add Comment

सेलिब्रिटी वाच: अनुभव र सेड्रिनाको गालामा प्रियंकाको लिपिस्टिक

बिहिबार बेलुकी काठमाडौंको सोल्टी होटलमा आयोजना भएको ‘कृति अवार्ड’ मा सहभागी भएर नायिका प्रियंका कार्की निर्देशक दिपाश्री निरौलाको जन्मदिनको खुशी साट्न नयाँ बानेश्वरमा रहेको रेडियो अडियोको कार्यालयमा पुगिन् । त्यहाँ पुग्नेवित्तिकै उनी टेलिभिजनका लागि इन्टरभ्यूमा व्यस्त भइन् । समसामयिक चलचित्र क्षेत्रको बिषयदेखि दिपाश्रीको बिषयमा उनले आफ्नो भनाई राखेकी थिइन् ।

सेल्फी क्रेज उस्तै
नायिका प्रियंका कार्कीमा सेल्फी क्रेज खुबै छ । उनको सामाजिक संजाल हेर्ने हो भने तस्बिरको बाढी नै देखिन्छ । उनी रेडियो अडियोको कार्यक्रममा दिपाश्रीसँग सेल्फीमा रमाएकी थिइन् ।

केक गिफ्ट, दीपाको प्रशंसा
दिपाश्रीको जन्मदिनको अवसरमा प्रियंकाले केक गिफ्ट दिइन् । प्रियंकाले दिएको केक काट्दै दिपाश्रीले उनलाई धन्यवाद दिइन् । उक्त अवसरमा यी दुईबीचको माया–प्रेम पनि खुबै छचल्कियो । प्रियंकाले दीपाश्रीको व्यक्तित्वको बयान खुबै गरिन् । दीपाश्री आफ्नी दिदीसरह भएको उनको भनाई थियो । दीपाश्रीको जन्मदिन सेलिव्रेशन सकेर प्रियंका आफ्नो घरतर्फ लागिन् ।

एक बिहानै हलमा
शुक्रबार बिहानै नायिका कार्की छोटो पहिरन लगाएर काठमाडौंको बीग मुजिभमा पुगिन् । उनी आफ्नी आमा र आफन्तको साथमा आएकी थिइन् । आफूले अभिनय गरेको चलचित्र ‘नाई नभन्नु ल ५’ को विशेष शोमा उनी उपस्थित भएकी हुन् ।

हलमा प्रियंकाले मिडियासँग तस्बिर र फ्यानसँग सेल्फी खिचाइन् । उनी चलचित्रको टिमसँग पनि तस्बिर खिचाउन व्यस्त भइन् । चलचित्र हेर्दा प्रियंका थुप्रैपटक रोएकी थिइन् ।


बाल–कलाकारसँग प्रेम
चलचित्र हेरेर निस्कदै गर्दा उनी मिडियाको घेरामा परिन् । बाहिर रहेका मिडियाकर्मीसँग इन्टरभ्यू दिएरै करिब उनको ४५ मिनेट वित्यो । सो समयमा उनले चलचित्रका मुख्य २ बाल–कलाकार अनुभव रेग्मी र सेड्रिना शर्माप्रति प्रेम दर्शाइन् । अनुभव र सेड्रिनाको दुबै गालामा उनको लिपिष्टिकको डाम बसेको थियो । उनले चलचित्र र कलाकारको प्रशंसा गरिन् । यो चलचित्रसँग जोडिन पाएकोमा खुशी लागेकोसमेत उल्लेख गरिन् ।

फुस्कियो बटन
प्रियंका चलचित्र हेरेर निस्कदै गर्दा उनलाई फ्यानले तस्बिरका लागि आग्रह मात्र गर्दै आफूतिर ताने । फ्यानले तान्दा उनको पहिरनको माथिल्लो भागको बटन नै खुस्कियो । बटन फुस्किएपछि प्रियंकालाई आपत प¥यो । मिडियासँग कुराकानी गर्दा उनी धेरै नै सम्हालिने कोशिश गरिन् । तर, उनले यस्तो कुरा सामान्य भएको भन्दै प्रतिक्रिया दिइन् ।

तस्बिरः शंकर गिरी

 

सेलिब्रिटी वाचः खाना, सेल्फी र गफमा रमाएकी बर्षा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment