Comments Add Comment

सेलिब्रिटी वाचः खाना, सेल्फी र गफमा रमाएकी बर्षा

‘सेलिब्रेटी वाच’ अनलाइनखबरको नयाँ स्तम्भ हो । यो स्तम्भमा हामी कुनै पनि चलचित्रका कार्यक्रम तथा छायांकनमा पुगेका सेलिब्रिटीमध्येबाट एक जनाको क्रियाकलाप नजिकबाट नियाल्ने प्रयास गर्नेछौ । आज हामीले अभिनेता बिपिन कार्कीको जन्मदिनमा चलचित्र ‘गोपी’ को छायांकन सेटमा पुगेकी नायिका बर्षा राउतले करिब १ घन्टा त्यहाँ बिताउँदा गरेका विभिन्न क्रियाकलापलाई तस्वीरसहित उतारेका छौ ।

गफमा मस्त
हालै मात्र किनेको आफ्नो नयाँ स्कुटीमा चलचित्र ‘गोपी’को छायांकन सेटमा पुगेकी नायिका बर्षा उक्त चलचित्रको टिमसँग गफिनमा मस्त देखिइन् । नायक विपिन कार्कीले खाइरहेको खानेकुरा झिकेर खाँदै उनी कहिले ड्रेस डिजाइनर त कहिले टिमका अन्य सदस्यसँग गफिन्थिन् । हँसिली बर्षा कहिले आफ्नै धुनमा मस्त देखिइन् ।

सञ्चारकर्मीसँग सेल्फी

बर्षा राउत सेल्फी क्रेजी हुन् । आफ्ना मिल्ने साथी भेटेपछि सेल्फी खिच्ने, टिक टकमा भिडियो बनाउने उनको बानी नै छ । उनले छायांकन सेटमा पुगेका केही सञ्चारकर्मीसँग सेल्फी खिच्न र भिडियो बनाउन पनि भ्याइन् ।

विपिनसँग निकटता
नायिका बर्षा राउत र अभिनेता विपिन कार्कीको मित्रता गज्जबकै रहेछ । विपिनलाई जन्मदिनमा केक काट्ने व्यवस्थासमेत गरेकी बर्षा उनीसँग निकै नजिक देखिइन् । विपिनलाई आफ्नो मोबाइलमा रहेका केही सामाग्री देखाउँदै कहिले उनी कहिले हल्काफुल्का त कहिले गम्भिर वार्तालापमा व्यस्त देखिइन् । विपिनले पनि जन्मदिनको केक काटेर सुरुमा बर्षालाई नै खुवाए ।

विपिनको तारिफ

विपिनले केक काटिसकेपछि बर्षा उनीसँगै मिडिया अन्तरक्रियामा व्यस्त भइन् । त्यस दौरानमा उनले विपिनको तारिफ गरिन् । चुलबुले बर्षा घरीघरी यसरी रमाउँथिन् कि, इन्टरभ्यूमा छु भन्ने नै बिर्सिन्थिन् । बर्षाले एक सन्दर्भमा नायिका बर्षा सिवाकोटीलाई धन्यवादसमेत दिन भ्याइन् ।

‘फुड क्रेजी’ बर्षा
नायिका राउत खानेकुराप्रति क्रेजी छिन् । उनलाई शरीरको तौल त घटाउनु छ, तर, खाना कन्ट्रोल गर्न गाह्रो छ उनलाई । सुटिङ सेटमा तयार भएको चिकेन रोस्ट खाँदै उनले आफूलाई खानेकुराले मोहित बनाउने बताइन् ।

स्कुटरमा फर्किइन्
फुडी बर्षा करिब १ घन्टा बसेर छायांकन सेटबाट घरतर्फ लागिन् । नयाँ स्कुटीमा माक्सले मुख छोप्दै उनी सेटबाट बाहिरिएकी थिइन् । उनी काठमाडौंको धुलोले गर्दा मास्क नलगाई हिँड्न नसक्ने प्रतिक्रिया दिदै थिइन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment