Comments Add Comment

अमेरिकी विदेशमन्त्रीको उत्तर कोरिया भ्रमण स्थगित

९ भदौ, काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोको उत्तर कोरिया भ्रमण स्थगित भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा भ्रमण स्थगित भएको बीबीसीले जनाएको छ ।

ट्रम्पका अनुसार कोरियाली प्रायद्वीपलाई परमाणु हतियार मुक्त गर्ने निर्णयमा प्रयाप्त प्रगति भइसकेको छैन । यद्यपि जून महिनामा ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ्ग उनसँग भेटवार्ता भएपछि उत्तर कोरियाबाट परमाणु खतरा नरहेको बताएका थिए ।

कोरियाली प्रायद्वीपलाई परमाणु मुक्त बनाउने र परमाणु केन्द्र बन्द गर्ने सहमतिलाई उत्तर कोरियाले लागू नगरेको आरोप अमेरिकाको छ ।

हालै अमेरिकाका एक अधिकारीले वाशिङ्टन पोष्टलाई दिएको जानकारी अनुसार उत्तर कोरियाले नयाँ इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल बनाउँदै छ । संयुक्त राष्ट्रसंघको परमाणु एजेन्सीले पनि उत्तर कोरियाले आफ्नो पमारणु कार्यक्रम जारी राखेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment