काठमाण्डौको पेप्सीकोला र मिन भवनमा रहेको ‘रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’को ब्रान्ड एम्बेस्डरमा नायिका नीता ढुंगाना अनुबन्धित भएकी छिन् । उनी १ बर्षका लागि यो सेन्टरसँग जोडिएकी हुन् ।
यसैविच, रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खरिबोट मिनभवनको नयाँ आउटलेटको नायिका नीता ढुंगाना लगायतले उद्घाटन गरेका छन् ।
व्युटी पार्लरसँग जोडिन पाउँदा निकै खुसी लागेको बताउँदै नीताले व्युटिसियन सुलोचना र उनको टिमले आफ्नो सुन्दरतामा अझ निखार ल्याउने विश्वास व्यक्त गरेकी छिन् ।
अर्को बर्षको भदौ ७ गतेसम्म आफुहरुले नीताको सौन्दर्य अन्तर्गत हेयर केयर, स्किन, केयर, बडी केयर सहित सौन्दर्यसम्बन्धि सम्पूर्ण पक्षको केयर गर्ने रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष सुलोचना श्रेष्ठले बताईन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4