+
+
Shares

अनेसास काव्य यात्रामा नवराज लम्सालः प्रवासी साहित्यको स्तरोन्नती गर्न सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १० गते १६:१७

सिड्नी र ‘अनेसास काव्य यात्रमा डा। नवराज लम्साल’ नाराका साथ अष्ट्रेलियाको साहित्य यात्रामा आएका डा. नवराज लम्साललले बि्रस्वेन, पर्थ, क्यान्बेरा र सिड्नीमा एकल कविता वाचन गरे ।

२०५ औँ भानु जयन्तीको अवसर पारेर अनेसासका विभिन्न च्यापटरहरुले कार्यक्रम आयोजना गरेका हुन् । प्रत्येक कार्यक्रममा डा। लम्सालले करिव २० भन्दा बढी कविता सुनाएका थिए भने नेपाली साहित्य र साहित्यिक लेखनका विषयमा उनीसँग खुला अन्तर्क्रिया समेत गरिएको थियो ।

डा। लम्साल गद्य, पद्य दुवै विधाका राम्रा कवि मानिन्छन् र उनका करिब तीन सय गीत रेकर्ड भएका छन। ती मध्ये धेरै गीत चर्चित पनि छन्।

रेडियो नेपाल र वीवीसीमा रहेरका उनी राष्ट्रिय संस्कृती प्रवर्धनका लागि कृयाशील साहित्यकारको रुपमा परचित छन् । उनका कर्ण र धरा महाकाव्यसहित ७ पुस्तक प्रकाशित छन् ।

अष्ट्रियाका उनका स्रोता तथा पाठकले उनीसँग खुलेर बहस गरे । प्रस्ट वक्ताको छवि बनाएका वाकपटुताका धनि लम्सालले जीवनका सारा अनुभव खुलेर बाँडे।

विशेषतस् लेखन कलाका विषयमा आंफूहरु प्रशिक्षित भएको कार्यक्रममा सहभागी साहित्यकारहरुले बताएका छन् ।

पहिलो पल्ट अष्ट्रेलिया आएका लम्साल आफैपनि खुसी देखिन्थे । तर, ठाउँठाउँमा साहित्यतिकस्तर माथि उठ्न नसकेकोमा उनको चिन्ता थियो ।

डायस्पोराले लेखनका स्तरउन्नतीको धरै काम गर्नु पर्ने उनको सुझाव थियो। ब्रिसबेनमा डा। केशव शर्मा पर्थम निरज क्षेत्री, क्यान्बेरामा विनीयक अधिकारी र सिड्नीमा महेश्वर शर्माले डा। लम्सालको अभिनन्दन गरे।

लम्सालको उपस्थितीले अष्ट्रेलियाको नेपाली साहित्यमा नयाँ तरङ्ग आएको र अब उच्चस्तर साहित्यको लागि नयाँ बाटो खुलेको अनेसास सिड्नीका अध्यक्ष महेश्वर शर्माले वताए।

अगष्ट ८ अष्ट्रेलिया आएका डा। लम्साल यही बुधबार स्वदेश फर्कंदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?